सोल चैत्र ८ ,
दक्षिण कोरियाका प्रमुख टेलिभिजन प्रसारक तथा बैंकका कम्प्युटर नेटवर्क अवरुद्ध भएपछि सेनाले साइबर आक्रमण हुन सक्नेमा सतर्कता बढाएको छ । यस्तो कार्य उत्तर कोरियाबाट भएको आशंका गरिएको छ ।
सरकारी कोरिया इन्टरनेट सुरक्षा संस्थाले तीन टेलिभिजन प्रसारक संस्था -केबीएस, एमबीसी तथा वाईटीएनका साथै सिनहान तथा नोनगियुम बैंकको कम्प्युटर नेटवक आंशिक तथा पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिएको छ ।
एलजी उपलुस नाम गरेको अर्को इन्टरनेट सेवा प्रदायकको नेटवर्क पनि अवरुद्ध भएको छ । राष्ट्रिय प्रहरी संस्थाको साइबर शाखाका एक विशेषज्ञले ती नेटवर्कमा ह्याकिङ भएको देखिएको जानकारी दिए । यसको केही दिनअगाडि उत्तर कोरियाले दक्षिण कोरिया तथा अमेरिकाले आफ्ना आधिकारिक वेबसाइटहरूमा आक्रमण गरेको आरोप लगाएको थियो ।
दक्षिण कोरियाका सरकारी तथा वित्तीय संस्थाका कम्प्युटर सन् २००९ तथा २०११ मा पनि अवरुद्ध भएका थिए । त्यो बेला पनि यस्तो कार्य उत्तर कोरियाले गरेको विश्वास गरिएको थियो । गत जुनमा जुङआङ इलबो नामक पत्रिकाको नेटवर्क पनि अवरुद्ध भएको थियो ।एएफपी :
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै