काठमान्डू चैत्र ९,
शीर्ष नेताहरुसँग छलफल गर्ने :
अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टर आउँदो शुक्रबार अर्थात मार्च २९ मा नेपाल आउने भएका छन् । काठमाडौंमा रहेको कार्टर सेन्टरले जानकारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, नेपाल भ्रमणका क्रममा कार्टरले सरकारी अधिकारी, राजनीतिक दलका शीर्ष नेता तथा नागरिक समाजका प्रतिनिधिसँग भेट गरी शान्ति प्रक्रिया र संविधानसभाको निर्वाचनबारे छलफल गर्नु हुनेछ ।
मिति नतोकिएको संविधानसभाको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा कार्टर नेपालका राजनीतिक दलहरुसँग छलफल गर्नु हुनेछ । कार्टरले नेपालबाट म्यानमार प्रस्थान गर्नुअघि पत्रकार सम्मेलन गरे आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । कार्टर सन् २००८ मा सम्पन्न निर्वाचनमा पनि नेपाल आउनुभएको थियो ।(नेपल्ब्रितेन )
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै