गृहिणीहरु बीच हाजिरी जवाफ प्रतियोगिता

पोखरा फागुन २६,

राष्ट्रको विकास टोल–टोलको विकास भन्ने मूल नाराका साथ १०३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित अन्तर टोल विकास संस्था महिला हाजिरी जवाफ प्रतियोगिता पोखरा–५ मालेपाटनस्थित सामुदायिक भवनमा चलिरहेको छ ।

हिजोदेखि आयोजना गरिएको प्रतियोगिताको समापन कार्यक्रम आजै रहेको छ । उक्त प्रतियोगिता टोल विकास संस्था वडा समन्वय समिति पोखरा–५ ले आयोजना गरेको हो । प्रतियोगितामा +२ भन्दा कम अध्ययन गरेका विशुद्ध गृहिणीहरुको सहभागिता मात्र रहेको छ ।

यस प्रतियोगितामा २५ वर्षदेखि माथिका महिलाहरुमात्र सहभागि छन् । वडा नं. ५ मा रहेका १६ वटा टोल विकास संस्थाहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

सो प्रतियोगितामा गृहिणी र वडावासीहरुको उल्लेख्य सहभागिता रहेकोमा समन्वय समितिका अध्यक्ष उज्ज्वल खत्रीले खुशी व्यक्त गर्दै समाजमा यसले राम्रो सन्देश दिएको धारणा व्यक्त गर्नुभयो ।(डन न्यूज)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com