तेलअभिव (इज़रायल) चैत्र १४,
बिजे बिद्रोही राइ : नेपाल दुई ढुँगा बिचको तरुल भन्थे अब बिस्तारै साबित हुदै जाँदैछ। कालो, गहुँगोरो र सेतो पोतेर होली मनाउँ। धर्मको नाममा नाङ्गेहरु देउता बन्छन। अब देउता पुज्ने देवस्थलहरु बारुदखाना हुदै गएको अवस्था हो। मन्दिरै मन्दिरको देश नेपाल भनेर गर्ब गर्ने ठाउँ अब तालिवानको अड्डा भन्दा कम देखिदैन।
नेपालमा देवस्थलको नाममा अरबौ खर्च गर्न रोकिनु पर्छ। यदि बिदेश नेपालको निम्ती यति दया देखाउछ भने रोड खनोस, सप्तगण्डकीको पानी लेक लेकमा पिउन सक्ने क्षमता बनावोस। सप्तकोशीको पानी त्यसका परिसरमा निकालीदियोस। बिजुली उत्पादन गर्न नेपाल सरकार र नेपाली जनता सँग समन्वय गरोस। नत्र भने फोस्रो देवस्थल बनाएर आफ्नो हातहतियार लुकाउने सुरुङ नबनावोस। देशको बिकास भनेको देवस्थल बनाएर हुने हैन। देवस्थल निबासी जनताको दु:ख र पिंडालाई मात्र हेरियोस।
जनता अँध्याँरोमा बाँचेका छन। उनिहरुको निम्ती देवस्थल बनाउनेकी बिजुली निकाल्ने? जनता पानी बिहिन छन सुदुर गाउँहरुमा उनिहरुलाई खानेपानीको प्रबन्ध गर्नेकी देवस्थल बनाउने? जनता भोक रोग र अशिक्षामा पौडीरहेछन उनिहरुको रोग, भोक र अशिक्षा हर्नेकी अरबौको देवस्थल बनाउने? एउटा मुर्तीकारले कुंदेको मुर्ती ल्याएर नेपाली जनताको आँखामा पट्टी बाँध्दैमा नेपाल त्यो देवतानै देवताको देश बन्ने छैन। जुन देशका जनता दु:खी छन त्यो ठाउँमा खोक्रो मन्दिरले काम चल्दैन।
नेपालमा धेरै चलखेल हुन्छन, र भैरहन्छन। किनकी हामी अभिनय गर्न साह्रै उत्सुक हुन्छौ। हामीलाई चटकेको ईशारामा नाँच्ने बानी परेको छ। चटकेहरु भेष फेरी फेरी देशमा अनेक ताण्डव नृत्य गराउँछन। हामी सदैब तयार हुन्छौ। ईंतिहाँस हामी पल्टाउंदै पढ्थ्यौ अब त ईंतिहाँस हामीलाई दन्त्यकथा लाग्न सक्छ, किनकी हामी आधुनिक मान्छे तर गुदीबिनाको। किन गुदी बिनाको? हो हामी बलभद्र जस्तो बन्न सकेनौ, भक्ती थापा जस्तो बन्न सकेनौ। अमर सिंह जस्तो बन्न सकेनौ र बन्दैनौ पनि। किनकी आधुनिकताको भुतले हामीलाई नर्कयात्रा तिर लखेटिसकेको छ। आफैमा समन्वय छैन भने शत्रुको ईशारामा त नाँच्नै पर्योे।
तसर्थ यदि आधुनिकताको भेषमै हुनुहुन्छ भने अब बन्ने देवालयहरुलाई चिहाउने गर्नुस। बिदेशले बनाउँदै गरेको हाम्रा वरिपरिका देवालयहरु, कतै हाम्रा चिहानहरु त बनाइएका होईनन? हामीलाई अबिकसित देख्दा देख्दै महँगा महँगा खर्चमा देवालयको दया किन? हाम्रा सडकहरु बर्खे खोलाले बगाउँछ। खोल्सोले बगाउँछ त्यस्को लेखाजोखा भने छैन तर अरबौको देवालयहरु किन बन्दैछन त? यस्को हेक्का नेपाली जनताले राख्न जरुरी छ। हामीले हेर्नै पर्छ देवालय भित्र कतै बस्तीकै त चिहान खनिएको छैन देवालयको नाममा।
शान्तीको देश नेपाल। बुद्द जन्मेको देश नेपाल। संसारकै उच्च उच्च हिम श्रींखलाको देश नेपाल। सगरमाथा को देश नेपाल। त्यहिं बुद्दलाई पनि धमिरा लागेको छ। शान्तीमा धमिरा लागेपछि कता शान्ती रहन्छ देश र जनता। भारत जसरी सक्कली नेपाली नागरिक्ता लिन्छ त्यसै गरी नक्कली लुम्बिनी आफ्नै देशमा बनाई बिस्वको आँखामा धुलो छर्न खोज्छ। मलाई मेरो प्रपितामहले भन्नुहुन्थ्यो सत्य बोल्नु यदि तिम्रो बिरुद्दमै भएपनि, यि सन्देशका प्रणेता गौतम बुद्द।
भारतले बुद्दलाई आफ्नो बनाउन खोजेपनि कहिले गधा धोएर गाई बनेको ईँतिहास छ र? ईन्दिरा गान्धी ईन्टरनेसनल एयरपोर्ट नया दिल्लीमा बुद्दको प्रतिमा राखेर बुद्द बोन इन ईन्डिया भनेपनि सुनेकोबेला सुन्नेले अलिपर पुगेपछि अबस्य लोप्पा ख्वाउछन। किनकी पहिले जस्तो ढुंगेयुग भैदिएको भए शायद मान्छेले भेट्दैनथेहोला। अबको जमाना बिभिन्न बिधुतिय उपकरनमा आफुलाई भेट्छ भने बुद्दको नक्कली रुप बनाएर जति उफ्रेपनि भ्यागुताको गति र न समयलाई बदल्न सक्छ। तसर्थ यस्ता चलखेलदेखी नेपाली जनता जाग्नुपर्छ।
हामी कसैको अधिनस्थ न थियौं ईतिहाँसमा न अब बन्छौ। तसर्थ हाम्रा वरिपरीको घटनालाई नजिक देखी नियालौ कतै हाम्रै चिहान खनिरहेका त छैनन हाम्रा उपकारका ढोंग रच्दै। सहि र गलतलाई हामी जनताले नै नियाल्न जरुरी छ।हामी भत्केको पुलबाट नदी तर्छौ तर हाम्रा देशमा महँगा महँगा मन्दिर र देवालय बनाईन्छन। पानीको प्यासले गाउँघर छटपटिन्छ तर अरबौं खर्च गरेर हाम्रा देशमा मन्दिर देवालय बनाईन्छ। याद राखौं ति देवालयहरु कतै बमबारुदका भट्टि त हैनन? कतै हाम्रै चिहान त हैनन। तसर्थ प्रत्येक सचेत नेपालीले अब त्यस्ता कार्यलाई नियालौ र हाम्रा प्रहसन नबनाउन बिदेशीले। अस्तु!