चितवन, २७ फागुन
राजेन्द्र आचार्य : चितवनको सौराहामा सम्पन्न १० औं नारायणी अंचलस्तरीय
तेक्वान्दो प्रतियोगितामा ७ स्वर्णसहित चितवन जिल्ला उपाधि जितेको छ ।
सौराहा तेक्वान्दो डोजाङ र सरित सौराहा तेक्वान्दो डोजाङले संयुक्त रुपमा
प्रतियोगिता आयोजना गरेको हो ।
यस्तै प्रतियोगितामा आयोजक टिम ए’ २
स्वर्णसहित दोस्रो र बारा जिल्ला १ स्वर्णसहित तेस्रो स्थान हासील गरेका छन्
। प्रतियोगिताको उत्कृष्ट खेलाडीमा पुरुषतर्फ चितवनका प्रसंग कायस्थ र
महिलातर्फ पनि चितवनकै पार्वती गुरुङ भएका छन् ।
प्रतियोगिताका स्वर्णपदक
विजेताहरुमा पुरुष जुनियरतर्फ चितवनका मोहम्मद सद्धाम ,चितवनका समित राउत,
मकवानपुरका मनिष माझी, गोर्खाका अमृत तामाङ, आयोजक ए’का रोहित तामाङ
र चितवनका प्रसंग कायस्थ रहेका छन् ।
यस्तै पुरुष सिनियरतर्फ चितवनका शेखर उप्रेती र चितवनकै मनोज वि.क. ले
प्रथम स्थान हासिल गरे ।
महिला जुनियरतर्फ आयोजक ‘ए टिम की नमुना श्रेष्ठ
पर्सा जिल्लाकी दिब्या तिवारी एवम् महिला सिनियरतर्फ चितवनकी सुस्मिता थापा
मगर, बाराकी मनिता भट्टराई र चितवनकी पार्वती गुरुङ ले स्वर्ण पदक प्राप्त
गर्न सफल भएका थिए ।
साथै सोही अवसर पारेर सौराहा डोजाङबाट राष्टिय र
अन्तराष्टियस्तर तेक्वान्दो खेलमा पदक विजेता मनोज सुनार, अरुण अधिकारी र
हरि थापालाई सम्मान समेत गरीएको प्रतियोगिताका सह–संयोजक गोपाल श्रेष्ठले
जानकारी दिए ।
दुई दिनसम्म चलेको प्रतियोगितामा चितवनका तीन टिम, बारा
पर्सा, रौतहट, मकवानपुर, गोरखा रुपन्देही र नवलपरासीका एक–एक टिम गरी जम्मा
१ सय ८० जना खेलाडीले भाग लिएको सौराहा तेक्वान्दो डोजाङका सहायक प्रमुख
मनोज सुनारले जानकारी दिए ।