लण्डनस्थित दूतावस भवन विक्रीमा एनआरएन युकेको चासो

लण्डन फागुन २८,

सरकारले चाहे मात्र बिक्री हुन्छ: राजदूत चालिसे : 

लण्डनस्थित नेपाली दूतावस भवन विक्री हुने समाचार सार्वजनिक भएपछि गैरआवासिय नेपाली संघ युकेले चासो देखाएको छ । गैरआवासिय नेपाली संघ युकेका अध्यक्ष कुल आचार्यले बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे समक्ष दूतावास भवन विक्री सम्बन्धमा भइरहेका गतिविधिबारे जानकारी लिएका थिए । 

तत्काल दूतावास भवन विक्री नगरिने राजदूत डा. चालिसेले प्रस्ट पारेकोको अध्यक्ष आचार्यले बताए । नेपाल सरकारले पठाएको टोलीले भवनको अवस्था मूल्याङ्कन गर्ने हो, उक्त टोलीसँग एनआरएन युकेका पदाधिकारीले समेत छलफल गर्ने जानकारी अध्यक्ष आचार्यले दिए । बेलायतस्थित नेपाली समुदायको भावना विपरित दूतावास भवन विक्री हुन नसक्ने कुरा आफूसँगको भेटमा राजदूत डा. चालिसेले भनेको अध्यक्ष आचार्यले बताए । 

बेलायतका लागि नेपाली राजदूत डा. चालिसेले दूतावास भवनको अध्ययन गर्न बेलायत आउने टोलीले बेलायतका विभिन्न सामाजिक संघसस्था अन्तक्रिया गर्ने बताएका छन् । उनले भने- 'दूतावास भवन विक्री गर्ने नगर्ने भन्ने निर्णय नितान्त नेपाल सरकारको हो, सरकारले बेच्न चाहेमा मैले रोक्न सक्ने कुरै हुदैन ।' तर, तत्काल दूतावास भवन विक्रीमा राखिएको छैन् । नेपाल सरकारले गठन गरेको समितिले दूतावासको अवस्थाको सर्वे मात्र गर्छ उसको किनबेचमा कुनै सरोकार छैन डा. चालिसेले भने । 

नेपाल सरकारले दूतावास भवन बेच्न नौ सदस्यीस उच्चस्तरीय समिति गठन गरेको छ । समितिको संयोजकमा बेलायतका लागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसे छन् भने जर्मनी र बेल्जियमका लागि नेपाली राजदूत क्रमश सुरेश प्रधान र राममणि पोख्रेल सदस्य छन् । अन्य सदस्यमा परराष्ट्र, अर्थ, कानुन, प्रधानमन्त्री र महालेखाका एक एकजना सहसचिव रहेका छन् । 

परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिका लुइटेलको संयोजकत्वमा यसै साता दूतावास भवनको मुल्यांकन गर्न लण्डन आउने भएको छ । यसअघि नेपाल सरकारले पटकपटक दूतावास भवन विक्री गर्ने निर्णय गरेपछि नेपाल सरकारको अस्तिरता तथा कानुनी र प्रविधिक कारणले दूतावास भवन विक्री भन्ने समाचार हरेक बर्षजस्तै हल्लामा सीमित छन् । 

पहिलो पटक तत्तकालिन सन् १९९५ मा राजदूत सूर्यप्रसाद उपाध्यायले दूतावास भवन विक्री गर्न नेपाल सरकारलाई सिफारिस गरेपछि त्यसपछि आएका सबै राजदूतहरुले भवन विक्रीका लागि पहल गर्दै आए पनि हालसम्म सफल हुन सकेको छैन् । (नेपाल ब्रिटेन)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com