संवैधानिक परिषद्का पदाधिकारीको आज टुंगो लाग्ने

काठमाडौं, चैत ६ ,

मन्त्रिपरिषदका नयाँ सदस्यहरुले कार्यभार सम्हाले :

अन्तरिम चुनावी मन्त्रीपरिषदले पुर्णता पाएसंगै सरकारले संवैधानिक परिषदका पदाधिकारी नियुक्ति गर्ने भएको छ । संबैधानिक र कानुनी अड्चन फुकेपनि मन्त्रीपरिषदले पुर्णता नपाउँदा नियुक्तिमा ढिलाई भएको थियो । 

हिजै हुने भनिएको नियुक्ति चुनावी मन्त्रीपरिषदलाई सघाउन गठित उच्चस्तरिय राजनैतिक समितिको सिफारिसमा आएको लोकमान सिंह कार्कीको नाममा विवाद भएपछि रोकिएको थियो । आज बस्ने उच्चस्तरिय राजनीतिक समितिले कार्कीको सट्टा अर्को नाम दिने स्रोतले जनाएको छ । यद्यपी समितिको बैठकको समय भने तय भएको छैन । 

यसैविच अन्तरिम चुनावी मन्त्रिपरिषदका नवनियुक्त आठै जना सदस्यहरुले आफ्नो कार्यभार सम्हालेका छन् । बिहान १० बजेपछि सोमबार सपथ ग्रहण गरेका ८ जना मन्त्रीले आफ्नो कार्यभार सम्हालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । दलीय सहमती अनुसार बनेको ११ सदस्यीय मन्त्री परिषदमा हिजो आठजना नयाँ सदस्य थपीएका हुन् । 

जसमा रिद्धिबाबा प्रधान, विद्याधर मल्लिक, माधव प्रसाद पौडेल, शंकर प्रसाद कोइराला, छवीराज वन्त टेकबहादुर घर्ती, रामकुमार श्रेष्ठ र उमाकान्त झाछन् । रिद्धिबाबा प्रधान मन्त्रीपरिषदमा एकमात्र महिला छन् । उनलाई महिला बालबालिका तथा समाजकल्याण र भुमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी दिईएको छ । 

यस्तै मल्लिकलाई संघिय मामिला तथा स्थानिय विकास र स्वास्थ्य, पौडेललाई सामान्य प्रशासन सुचना तथा संचार र शिक्षा मन्त्रालयको जिम्मा दिईएको छ । कोईरलालाई अर्थ र उद्योग बाणिज्य तथा आपुर्ती, पन्तलाई भौतिक पुर्वाधार, यातायात तथा सहकारी मन्त्रालयको जिम्मा दिईएको छ । 

यस्तै घर्तीलाई कृषि विकास र बन तथा भु संरक्षण, श्रेष्ठलाई युवा तथा खेलकुद, शान्ति र नागरिक उड्यन तथा झालाई उर्जा, विज्ञान र सिंचाई मन्त्रालय दिईएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com