हरेक वर्ष ३६ हजार क्षयरोगी बढ्दै

काठमान्डू चैत ११,

नियमित औषधिको सेवनबाट क्षयरोग निको हुने भएपनि नेपालमा क्षयरोगीको संख्या बढ्दै गएको छ । ग्लोवल फण्डको सहयोगमा सरकारले देशभरका उपस्वास्थ्य चौकी देखि जिल्ला अस्पताल सम्म क्षयरोगका औषधी निशुल्क रुपमा वितरण गर्दै आएको छ । तर औषधि नियमित सेवन नगर्ने गरेकाकारण रोगिको संख्या बढदै गएको हो ।

नेपालमा क्ष्ँयरोगीको सख्या सरकारी आंकडा अनुसार वर्षमा ३५ हजार ७ सय ३५ मात्रै देखिए पनि यो धेरै रहेको अनुमान छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार पछिल्लो एकवर्षमा डटस विधि उपचार गराउन सम्पर्कमा आएका नया“ विरामीको संख्या मात्रै ३५ हजार ७ सय ३५ पुगेको छ । ती मध्ये सर्ने खालका क्षयरोगीको संख्या मात्रै १५ हजार ५७ जना रहेको केन्द्रले जनाएको छ ।

केन्द्रले सर्ने खालका क्षयरोगीहरुमध्ये ९० प्रतिशत उपचारपछि निको भएको जनाएको छ । सन २०११मा गरेको एक सर्भेक्षणले मुल क्ष्ँयरोगीको २ दशमलव २ प्रतिशत व्यक्तिहरुमा सुरुको अवस्थाको औषधि प्रतिरोध क्षयरोग( डिआर टिवि) र १५ दशमलव ४ प्रंतिशतमा कडा खालका औषधि प्रतिरोध क्षयरोग ( डिआर टिवि) लागेको देखाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com