६२ वर्षीय वृद्धले आफ्नी चार वर्षकी नातिनीलाई गरे बलात्कार

सुर्खेत, फागुन २८ ,

पश्चिम सुर्खेतको बाबियाचौरमा एक ६२ वर्षीय वृद्धले आफ्नी चार वर्षकी नातिनीलाई बलात्कार गरेका छन्। बाबियाचौर- ५ चतुरेका ६२ वर्षीय सुके सार्कीले आफ्नी चार वर्षीया नातिनीलाई हिजो बिहान बलात्कार गरेका हुन्। 

बालिकाकी आमा जङ्गलमा घाँस काट्न गएको मौका छोपेर बिहान १० बजेतिर सुकेले ललाइफकाइ गोठमा लिएर नातिनीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। सुके सार्कीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरले हिजो दिउँसो पक्राउ गरेको छ। 

 'आफू घाँस काट्न गएको बेला छोरीलाई फकाइफुलाइ गरेर ससुराले बलात्कार गरेको बालिकाकी आमाले जाहेरी दिएकी छन्' इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक सुगन्द श्रेष्ठले भने, 'जाहेरीका आधारमा बलात्कारमा संलग्नलाई पक्राउ गरिएको छ।' 

बलात्कृत बालिकाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। 'हामी घटनास्थलमा पुग्दा बालिकाको योनीबाट रगत बगिरहेको थियो' प्रहरी निरीक्षक श्रेष्ठले भने, 'अहिले स्थानीय मेडिकलमा उपचार गराइरहेका छौँ।' बलात्कृत बालिकाका बुबा रोजगारका लागि भारतमा छन्। रासस: 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com