भर्जिनिया, अमेरिका फागुन २७,
कला सामान्य अर्थमा मानिस भित्र निहित प्रतिभालाई बुझिन्छ भने कारले सवारी साधन अर्थात् निजि बाहनलाई बुझाउछ । कला राम्रो हुन्छ ईज्जत बढछ ,कला फितलो हुन्छ बेईज्जत हुन्छ । कलाको महत्व बिशेस हुन्छ र राम्रो प्रतिभा प्रस्फुटन गर्ने कलाकार कालजयी बन्दछ नत्र क्षण मै भष्म हुन्छ ।
एक विद्वान विद्वानले भनेका छन् ' हरेक मानिस संसारको प्रकाश हो ' वर्तमान अवस्थामा यहाँ प्रकाशको ब्याख्या गर्यो भने अर्को अर्थ लाग्दछ । प्रचण्डको सुपुत्र प्रकाश सम्बन्धि प्रवेश गर्न चाहेको पनि हैन। कला बिना जीवन सुन्य हुन्छ भन्छन र हरेक संग एउटा न एउटा कला जरुर हुन्छ । कला पनि ,अनि गला पनि भयो भने सुनमा सुगन्ध हुन्छ l कला र कार पृथक शब्द हुन र दुबैको फरक अर्थ छ । ी दुवै शब्दलाई जोड्ने हो भने कलाकार बन्दछ ।
कारहरु क्राईसलर ,होन्डा ,टोयोटा ,निशान ,बि डब्लु एम ,मर्सीटिज ,फोर्ट छन् भने यी मानवको सम्पत्ति हुन र गहना पनि बन्दछन । जतन गरे गहनाको भाउमा जान्छ ,खटारा बनाए भौडिमा हालिन्छ । कारहरु थरि थरिका हुन्छन साहित्यकार ,संगीतकार ,गीतकार ,व्यंग्यकार ,चित्रकार ,चलचित्र कलाकार ,शिल्पकार र पत्रकार । यी सबै कुनै पनि मुलुकका अमुल्य सम्पत्ति हुन् र देशका गहना कहलाउछन । ानव समाजले यी सबै क्षेत्रमा लाग्नेलाई औधि श्रदा गर्दछन र मान सम्मान दिन्छन किनभने आफु भित्र निहित प्रतिभा प्रस्फुटन गरि कालजयी बन्दछन ।
स्व नारायण गोपाल संगीत साधनामा लागेका एक उच्च कोटिका संगीत साधक हुन् ,उनि मरेर गए तर पनि उनको गीत अझै अमर छ र सबै नेपालीको कानमा गुन्जिन्छ र सबैले सम्झन्छन । ाहित्यकारहरु लक्ष्मी प्रसाद देवकोटा ,भानु भक्त र मोतीराम भट्ट जसले नेपाली भाषा र साहित्यको क्षेत्रमा गरेको अतुलनीय योगदानलाई कुनै पनि नेपालीले बिर्सने छैन । सबैको हृदयमा बस्न सकेका छन् र यिनीहरु हाम्रा अमुल्य सम्पत्ति हुन् । नाती काजीले संगीत उद्योगको क्षेत्रमा गरेको त्याग र तपस्याको कारण आज नेपाली संगीत आकासिएको छ ।
यिनीहरुको कला प्रति यत्र ,तत्र ,सर्वत्र चर्चा र परिचर्चा छ । अर्को कार अर्थात् चित्रकलामा मोनालिषाको चित्र बनाउने चित्रकार लियो नार्दो द भिन्चीको चित्रकारिताले बिश्व चिनाएको छ । कलाकारिताको प्रसंसा जति गरे पनि अपूर्ण हुन्छ यसै गरि ताज महल बनाउने प्रतिभाशालि शिल्पकार थिए र विश्वको सातौ आश्चर्य बन्न पुग्यो lनेपाली चलचित्रका कलाकारको प्रसंग ल्याउदा लामो समय देखि नेपाली चलचित्रको आकाशमा नेपाली चलचित्रका नायकका पनि महानायक राजेश हमालको प्रवेश पश्च्यात नेपाली चलचित्र उद्योगको मुहार परिवर्तन हुन् पुगेको छ । आज उनि हरेक नेपालीको मनमा बस्न सफल भएका छन् ।
यिनी हाम्रा र राष्ट्रका गहना र सम्पत्ति हुन् । हलीवूडक कलाकारहरु ,लियोनार्दो ,जुलिया रोबर्ट र भारतका अभिताभ बच्चन कलाकारहरु शताब्दी कै महान कलाकारहरु गनिन्छन । यिनीहरुको निहित प्रतिभाले ब्रम्हाण्ड पिटेको छ र यी सबै राष्ट्रका गहना हुन् । भारतमा कलाकारको तस्बिरमा पुजा र अर्चना गरिन्छ। केहि समय अघि अमिताभ बच्चन द्वारा संचालित कार्यक्रम को बन्छ करोड पतीमा एक सहभागी जसले ५० लाख जितेर गए र १० बर्ष सम्म लगातार बिहान र बेलुका पुजा गर्दै अमिताभको तस्बिर संग बोल्दै र कार्यक्रममा सहभागी हुन् पाऊ भनि प्राथना गर्दा मात्र आज सहभागी हुन् पाए र शताब्दी कै महान कलाकार संग भेटन पाउदा हर्षको सिमा छैन भन्दा सबै आश्चर्य भए ।
कलाकारिता प्रति हद श्रदा राख्ने दर्शक पनि करौडौ छन र कला प्रस्तुति नै उनिहरुको जीवनशैली बन्न पुग्दछ । अर्का कार पत्रकार ,समाजको दर्पण ,बिश्वमा गरिमामय पेशा ठानिन्छ र हाम्रो मुलुकमा पनि समाज र राष्ट्रले पत्रकार र पत्र कारितालाई कदर गरेको छ त्यसैले राष्ट्रको चौथो अंगमा राखेको छ। यसमा कुनै शंका छैन किनभने के भै रहेको छ भनें बारे संचार माध्यममा ल्याउने पहिलो श्रोत व्यक्ति भनेको समाचार खोज र सोध गर्दै समाचार बनाउने पत्रिकामा पत्र बनाउने पत्रकार हुन् । १६ औ शताब्दीमा पत्रकारिताको सुरुवात भएको ईतिहासले भन्दछ भने अमेरिकामा १६९० मा पब्लिक अकुरेंस ( जन घटना ) सर्वप्रथम बोस्टनबाट निकालिएको पत्रिका नै पहिलो भएको मानिन्छ । न्यु योर्क टाइम्स बिश्वको सबै भन्दा चल्तीको पत्रिका मानिन्छ ।
समर्पण र प्रतिभाको उच्च कदर गरिन्छ l
कलमको तागतसंग आकाश पनि झुक्न बाध्य हुन्छन l नेपालको राजनीतिको उलट पुलटमा सबै भन्दा हण्डर यिनै पेशा अंगाल्नेले खाएका छन् ,राणा शाषण होस् ,या पंचायती व्यवस्था या प्रजातन्त्र ,लोकतन्त्र या गणतन्त्र यी सबैको जातोको पिसाइमा परेका छन् l हत्या ,हिंसा , धम्कि ,त्रास ,अपहरणको मारमा परेका र बाध्य भै राष्ट्र र राजनैतिक दलका कारण सुरक्षित खोजीमा भौतारिएका पत्रकारहरु चिन्तित छन् । तर पनि कलम चलाउन रोकेका छैन l प्रतिभा पलायन दिनहु बढी रहेको छ l
१ हजार ३०० सय जना हरेक दिन बिदेस जाने गरेका छ । कैयौ प्रतिभाहरु बिलिन यसरि हुदैछन् । सबैकारहरु ज्यादा अमेरिकामा भासिएका छन् । सबै कारहरु देश प्रेमबाट ओतप्रोत् छन् र यिनीहरु आफनै शैलीमा राष्ट्र सेवा प्रतक्ष्य या परोक्ष रुपमा गरि रहेका हुन्छन । यिनीहरुले परदेशमा बस्ने प्रवाशी नेपालीहरुलाई कलाकारिताको माध्यमद्वारा नेपाल सोच्न बाध्य गरि दिन्छन ।
यहि नै यिनीहरुको कला हो । त्यसैले कलाकार र उनीहरुको भित्र रहेको कलालाई हामी सम्मान गर्दछौ। अमेरिकामा कुनै पनि कारहरुले सुन्यबाटै सुरु गर्नु पर्छ । नेपालमा भएको ओहदाले अमेरिकामा काम गर्दैन चाहे त्यो कलाकार हो या पत्रकार ,यहाँ आफैले हलो लिई जमिन जोत्नेले अन्न फलाउछ । दुख सुखको साथ साहित्यकार ,पत्रकार ,शिल्पकार ,कलाकार ,गीतकार ,गायककार पातालको बसाईसंग जीवन चलाई रहेका हुन्छन । यी हाम्रा गहना हुन ।
........................................ अस्तुविजय थापा
भर्जिनिया, अमेरिका