सामूहिक बलात्कारमा परेकी युवती सेल्टर बाटै गायब

नेपालगन्ज, चैत्र ६ ,

जे पाण्डे : नेपालगन्ज बस पार्कमा सामूहिक बलात्कारको शिकार भएपछि साथी सस्थाको सेल्टरमा राखिएका एक युवती त्यहीबाट रहस्यमय ढंगले बेपत्ता भएकी छिन् । धनगढीकी ती युवती आफै बेपत्ता भएकी हुन वा पारिएको हो ? भन्ने सम्बन्धमा प्रहरीले कुनै अनुसन्धान गरेको छैन ।

नेपाल बन्दका बेला फागुन २५ गते घर जान यातायातका साधन खोज्दै बसपार्क पुगेकी ती युवतीलाई रोकि राखेका बस भित्र लगेर तीन जनाले बलात्कार गरेका थिए । ती मध्ये २ जना पक्राउ परेका छन, भने एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि प्रहरीले ती युवतीलाई संरक्षणका लागि साथी सस्थाको जिम्मा लगाएको थियो । तर सस्थाले राखेको ४ दिनमै युवती वेपत्ता भएको रहस्य खुलेको छ । सस्थाकी वार्डेन लता श्रेष्ठले 'एकै छिन काम छ' भन्दै बाहिर गएपछि पीडित युवती नफर्किएको बताईन ।

ती युवतीका 'परिबारका सदस्यहरुले फोन गरि घर नपठाई दिन र सेल्टरमै राख्नु' भनेपछि राखेको श्रेष्ठको भनाई छ । यस अघिपनि उक्त सस्थाले संरक्षण जिम्मा लिएकी एक किशोरी सेल्टरबाट वेपत्ता भएकी थिईन ।

आमा,बाबु र घर खोज्दै नेपाल र्फकदा लखनउमा हराएकी आरती (शिवानी) शाही भारतबाट उद्धार गरि घर परिबारलाई बुझाउन ल्याएको तीन दिनमै साथी सस्थाबाट पुन बेपत्ता भएकी हुन । २०६८ साउन ४ गते उक्त सस्थाबाट हराएकी १४ बषिर्र्या आरतीको अबस्था अझै अज्ञात छ ।इकान्तिपुर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com