काठमाडौं, चैत १३,
उपत्यकालगायत देशका पहाडी क्षेत्रमा आज रमाइलो वातावरणका साथ होली पर्व मनाइँदैछ। आफ्ना परिवार र साथीहरुबीच अविर र रङ आदानप्रदान गरेर सद्भावकासाथ होली पर्व मनाइने कार्य भइरहेको छ।
उपत्यकामा विगतमा जस्तो होलीका नाममा देखिने विकृतिमा भने केही सुधार आएको पाइएको छ।
सडकमा हिँडिरहेका र खासगरी युवतीहरुलाई लक्षित गरेर अपरिचित व्यक्तिबाट लोला र पानी छ्याप्ने प्रवृत्ति यो वर्ष केही कम भएको छ। नेपाल प्रहरीका अनुसार अहिलेसम्म होलीका कारण कुनै अप्रिय घटना भएको छैन।
उपत्यकामा सवारी साधनको चाप पातलो छ भने होली खेल्नेहरु समूह समूहमा रमाइलो गरिरहेका देखिन्छन्। सार्वजनिक यातायातहरु फाट्टफुट्टरुपमा चलेका देखिन्छन्।
होलीकै अवसरमा विभिन्न टेलिभिजन च्यानलहरुले प्रसारण गरिरहेका प्रत्यक्ष साङ्गीतिक कार्यक्रमका कारण घरभित्रै पनि होली मनाउनेहरुमा उत्साह थपिएको पाइएको छ।
होलीकै अवसरमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि आफ्नो निवास बालुवाटारमा आज शुभकामना आदानप्रदान कार्यक्रम राखेका उनका प्रेस सल्लाहकार आरपी पाण्डेले बताए। तराई क्षेत्रमा भने होली पर्व भोलि मनाइन्छ। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै