रियो डे जानेरो, चैत ९ ,
दक्षिण-पूर्व ब्राजिलको पहाडी इलाकामा अबिरल रुपमा परेको वर्षाबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३० पुगेको नागरिक प्रतिरक्षा अधिकारीहरूले शुक्रबार जनाएका छन्।
यस दुर्घटनामा अझै दुई व्यक्ति बेपत्ता रहेको जनाइएको छ।
प्रतिरक्षा मन्त्रालयका अनुसार यस अबिरल वर्षाबाट ४४ व्यक्ति घाइते भएका र ती मध्ये तीनको अवस्था गम्भीर रहेको छ। यस प्रकोपबाट एक हजार २३४ स्थानीय बासिन्दा विस्थापित भएका जनाइएको छ। रासस/सिन्ह्वा :
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै