एजेन्सी चैत्र ५,
हामी पर्फयुम केका लागि लगाउछौँ ? बास्नादार हुनको लागि, हामीमध्ये धेरैजनाले यस्तै उत्तर दिन्छौँ र बजारमा बास्नादार पर्फयुम र बडि स्प्रेको नै बर्चस्व रहेको हुन्छ । अहिलेसम्म कसैले पनि गन्हाउने अत्तरको बारेमा सुन्नु भएको छैन होला ।
यस्तै अचम्मको उत्पादनका साथमा आएको छ, एउटा अचम्म लाग्दो कम्पनीले ।
संसार अचम्मको छ, सबैजनालाई बास्नादार भएरै हिँड्न मनलाग्छ भन्ने छैन । कसैलाई गन्हाउने भएर पनि हिँड्न मनलाग्छ, मुर्दाबाट जस्तो प्रकारको गन्ध आउँछ त्यस्तै प्रकारको गन्ध लिएर हिँड्ने मानिसहरुको सपना नै हुन्छ ।
यस्तै सोचाई राख्ने मानिसहरुका लागि अचम्मको पर्फयुम बनाउने कम्पनी ‘डेमेटर’ले ‘जम्बी फर हिम–हर’ नामक सडेको गन्हाउने पर्फयुम दुबै महिला र पुरुषका लागि बजारमा ल्याएको छ । पुरुषहरुको लागि बनाइएको पर्फयुममा सुकेको पात, ओेसिलो लेउ, च्याउको गन्ध मिसाइएको छ जसलाई छर्किनाले मरेको मानिसहरुजस्तो गन्ध आउने गर्दछ ।
महिलाहरुको जम्बी पर्फियुम पुरुषहरुको भन्दा अलि नरम हुन्छ ।
सडेको गन्हाउन त्यति सस्तो भने छैन । सानो जम्बी पर्फयुमको २० डलर पर्छ भने त्योभन्दा अलि ठूलोको ३९.५० डलर पर्छ । यदि यस्तो पर्फयुम नेपालमा आउने हो भने, कतिजनाले किन्नुहुन्छ त ?
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै