नेपाली श्रमिकमाथि मलेसियामा भएको घटना छानविन गर्न एमाओवादीको माग

काठमाडौं,चैत १४,

एकीकृत नेकपा माओवादीले मलेशियामा नेपाली श्रमिकमाथी भएको कुटपिटको घटनाबारे स्पष्ट जानकारी लिन उच्चस्तरीय टोली खटाउन सरकारसंग माग गरेको छ ।

एकिकृत माओवादीका विदेश विभाग प्रमुख राम कार्कीले आज एक विज्ञप्ति जारी गरि मेलेसियाको जोहरबारमा नेपाली श्रमिकमाथि भएको आक्रमणको घोरभत्र्सना गर्दै उच्चस्तरिय टोली खटाई सत्य तथ्य र जन–धनको क्षतिको विवरण सार्वजनिक गर्न माग गर्नु भएको छ। घटनाबारे नेपाल सरकारले जारी ग रेको जानकारीप्रति शंका उब्जिएको भन्दै माओवादीले उच्चस्तरीय टोली खटाउन माग गरेको हो ।

विज्ञप्तिमा बैदेसिक रोजगारीको लागि गएका नेपाली श्रमिकमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न नेपाल स्थित मलेशियन दूताबासबाट मलेशियाली सरकारसँग आग्रह गर्न र नेपाली मजदूरमा सृजना भएको भय र आतंकपूर्ण वातावरण अन्त्यको पहल गर्न पनि सरकारलाई भनिएको छ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com