अर्थमन्त्री पुनद्वारा सिक्टा सिचाई आयोजना निरिक्षण : Photo Feature


बाँके,  फागुन ४,


अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले निर्माणाधिन सिक्टा सिंचाई आयोजनाको स्थलगत निरिक्षण गर्नु भएको छ । उहाँले शुक्रबार (आज) बिहान आयोजनाको निरिक्षण गर्नु भएको हो । 

निरिक्षणपछि आयोजनासँग सम्बद्ध अधिकारीहरुसँग कुरा गर्नुहुँदै अर्थमन्त्री पुनले आयोजनाको लागि बजेट अभाव हुन नदिने बताउनुहुँदै कामलाई जतिसक्दो तिव्र गतिमा अगाडि बढाउन निर्देशन दिनुभयो । ‘स्तरीय काम गर्नुहोस्, कामलाई अगाडि बढाउनुहोस्,’ उहाँले भन्नुभयो, ‘आयोजनाका लागि हामी बजेट अभाव हुन दिन्नौं । जति खर्च गर्नुहुन्छ, त्यति निकासा गरिदिन्छौं ।’

अर्थमन्त्री पुनले अन्य क्षेत्रमा पुँजीगत खर्च कम भईरहेकाले राष्ट्रिय गौरवका आयोजनाहरुलाई जति खर्च गर्न सक्छन् त्यत्ति बजेट उपलब्ध गराउन अर्थमन्त्रालय तयार रहेको बताउनुभयो । निरिक्षणमा सहभागी अर्थसचिव शान्तराज सुबेदीले पनि गुणस्तरीय काम गर्न निर्देशन दिनुहुँदै बजेट अभाव हुन नदिने बताउनुभयो । 

सिक्टा सिंचाई आयोजना निर्माण कम्पनी कालिका कन्ट्रक्सनका सञ्चालकहरुले यो वर्ष ७७ करोडको काम भएर खर्च भईसकेको जानकारी गराउँदै १ अर्ब २५ करोड थप रकम भएमा आयोजनाको ९० प्रतिशत काम सम्पन्न गर्न सकिने जानकारी गराएका थिए । 

उनीहरुले ५० किलोमिटरको नहर निर्माणमा ३४ किलोमिटरसम्म काम भईसकेको बताए । राप्ती नदिबाट बाँकेका अधिकांश गाविसमा सिंचाई पु¥याउन सिंक्टा सिचाई आयोजना निर्माणाधिन छ । 




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com