नाता जोडे तिमी संग मिठो माया पाउला भनि
सातै रंगले यो जीवनलाई सजाएर जीउला भनि
नाता जोडे तिमी संग...
सबै रंग फिका भयो सधै आशु पिउनु पर्दा
प्रहार रुपी तिम्रा वचन सम्झियर जीउनु पर्दा
पत्थर रैछ निष्ठुरीको मन कत्ति पग्लिएन
मायाको भिख माग्दा पनि दया कत्ति देखिएन
नाता जोडे तिमी संग साथ तिम्रो पाउला भनी
मनका सारा सुख दुख बाडी चुडी जीउला भनि
नाता जोडे तिमी संग...
दिलको ढोका बन्द गरी आफ्नै स्वार्थ खोजी हेर्यौ
तिम्रै कारण जल्दा पनि नदेखे झैँ गरी हिड्यौ
पाउमा तिम्रो कति परे थोरै माया मिल्ने आशामा
सुन्य भयो मेरो जीवन छैन केहि मेरो साथमा
नाता जोडे तिमी संग मिठो माया पाउला भनि
सातै रंगले यो जीवनलाई सजाएर जीउला भनि
नाता जोडे तिमी संग...
लक्ष्मी मरासिनी ज्ञवाली, गुल्मी :