उन्को मेरो प्यारो नाता, माया हो की मित्र
थाहाँ छैन के छ कुन्नी, उनको दिल भित्र
कल्पनामा हरेक पल, हुन्छ उनकै याद
सपनीमा पाउँछु सधैं, उन्कै न्यानो साथ
मन भरी कोरेको छु, मैले उनकै चित्र
थाहाँ छैन के छ कुन्नी, उनको दिल भित्र
ह्रदयका अनेक सप्ना, हुन्छ हुन्न पूरा
भन्न अझै बाँकी नै छ, यो मनका कुरा
लेखेको छु उनको लागि, एउटा प्रेम पत्र
थाहाँ छैन के छ कुन्नी, उनको दिल भित्र
उन्को मेरो प्यारो नाता, माया हो की मित्र
थाहाँ छैन के छ कुन्नी, उनको दिल भित्र
' नरेन्द्र घर्ती '
तारा / बाग्लुङग