गजल : By, साबित्रा लुइँटेल घिमिरे



जिन्दगीको गोरेटोमा रोकिएछु जता ततै
लर्खराउँदा पाईला मेरा ठोकिएछु जता ततै !!

सोचेर नै चाले मैले कर्तव्यका गोटीहरु
थाहै नपाई खै कसरि झोकिएछु जता ततै !!

थुम्थुम्याएं आँफैलाई पर्दा खेरि कयौं पीडा
अचानक आज फेरी पोखिएछु जता ततै !!

जान्ने मत हुँदै हैन चिचिलो हुँ आज पनि
वाह! सुनी उचालिदै बोकिएछु जता ततै !!

समाज नै उस्तो हो कि म हुँ उस्तो खोइ कुन्नि
फाल्तु कुरा सुन्दै हरे ! चोखिएछु जता ततै!!

साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
धन्यवाद !!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com