गजल : By, आरके थापा



रातो गुलाव बोकेर , आउछीन जस्तो छ ।।
मौका पारी चोखो प्रित ,लाउछीन जस्तो छ ।।

प्रेम दिवश यही त हो ,रम्नु पर्छ भन्दै ,
मिठा मिठा भाखाहरु , गाउछीन जस्तो छ ।।

उनको मात्र हैन है , मेरो पनी मुहारमा ,
हरीयाली वशन्तझै , छाउछीन जस्तो छ ।।

काहाँ पोखौ काहाँ जोखौ ,भयको यो जवानी ,
अबबाट उनैलेनै , पाउछीन जस्तो छ ।।

रातो गुलाव बोकेर , आउछीन जस्तो छ ।।
मौका पारी चोखो प्रित ,लाउछीन जस्तो छ ।।

आरके थापा ,
बोच दोलखा
हाल साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com