विवाहको गाडी पल्टिँदा एकको मृत्यु ३७ जना घाइते

गुलरिया, फागुन ८ ,

गुलरिया नगरपालिका तुल्सीपुरमा विवाहको गाडी पल्टिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । ना३ ख ६२३० नम्बरको सो जन्ती बस आज बिहान १० बजे पल्टिँदा एकजनाको मृत्यु ३७ जना घाइते भएको प्रहरीले जनाएको छ।

मृतकको सनाखत भने भएको छैन । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरुको नेपालगन्ज अस्पतालमा उपचार भइरहेको बताइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com