नेवा संगठन ,अमेरिकाको स्वस्थानीव्रत समापन : With Video...

भर्जिनिया ,अमेरिका फागुन १५,

अमेरिका ,फेब्रुअरी २४ ,२०१३ का दिन वाशिंगटन डिसी महानगर क्षेत्रको , बाल्टिमोर हिन्दु मन्दिरमा नेवाः अर्गनाइजेसन अफ अमेरिका ( नेपा संगठन ,अमेरिका ) को तत्वाधानमा विधिवत रुपमा स्वस्थानी ब्रतको समापन समारोहको आयोजना भब्यताको साथ सम्पन्न गर्यो 

क्त समापन समारोहमा डिसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने तमाम श्रदालु भक्तहरुको बृहत उपस्थिति रहेको थियो  मेरिकामा नेवार समुदायका प्रख्यात पण्डित बासाव राजोपाध्याय द्वारा उक्त धार्मिक उत्सव अमेरिकामा दोश्रो पटक सालिनी नदि साँखुमा गरे जस्तै परम्परागत रुपमा गर्नु भएको थियो । 

सबै श्रदालु भक्तजनहरु यस साङ्गेमा नेपालमा पुगेको अनुभूति गरेका थिए  यस धार्मिक उत्सब नेवा संगठन ,अमेरिकाका अधक्ष्य सिजन श्रेष्ठको पहलमा गरिएको थियो भने यो संगठन अमेरिकाको डिसी क्षेत्रमा अमेरिकी सरकारको कानुन बमोजिम गैर मुनाफा संस्थाको रुपमा दर्ता भएको छ ।  े


पालको परम्परा ,संस्कृति आदि ईत्यादीको प्रबर्धन र सम्बर्धन गर्न यो संस्था स्थापना काल देखि नै अत्यन्तै क्रियासिल रहेको छ भने बिगतमा नेपाल सम्बत ,इन्द्र जात्रा ,बेल बिबाह ,लाखे नांच र अन्य संस्कृतिलाई जोगाउन कार्यक्रमहरु पस्कि सकेको छ यो संस्था डिसी महानगर क्षेत्रमा १२ बर्ष देखि अनवरत रुपमा समाज सेवा गर्दै र समुदायमा पृथक पहिचान बनाउन सफल भएको छ 

विजय थापा 
भर्जिनिया ,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com