अमेरिका , माघ २३,
करिब तीन हप्ता अगाडी अपहरणको शिकारमा परि नेपालको औधोगिक नगरी बिराटनगरका एक प्रतिष्ठित उद्योगपति ,समाजसेवी र असल अभिभावक गंगा बिसन राठीको सुनियोजित ढंगबाट गरिएको हत्याको खबरले सबैलाई मर्माहत बनाएको छ । आफु सात समुद्र पारी अमेरिकामा रहेता पनि अतितमा आफुले पटक पटक यस्ता मृदुभाषी र स्वभावले नै मिजासिला प्रवृतिका कुबेरसंग बिराटनगरमा साक्षात्कार भएका केहि स्मरणहरु मेरो मस्तिष्कमा अझै सावनको भेल जस्तै कुरा खेली रहेको छ।
जीवनको एक दशक(सन् १९९१ -२००५ )भन्दा लामो समय बिराटनगरमा आफुले व्यतित गरेको र सन् २००८ मा अमेरिका बसी बिराटनगरको घर कुनै कारण बेच्नु पर्यो । यो बिराटनगरसंग मेरो बिशेष साईनो गासिएको छ किनभने ५ यिनै स्वर्गीय उद्यमी गंगा बिसन राठीको छिमेकि हुन् सौभाग्य पाए । हाको निवास नजिकै आफ्नो पाखुरी चलाई छाप्रो बनाएको हुनाले स्वर्गीय राठीसंग प्राय भेटघाट भै रहन्थ्यो । खाद्य सामग्री वहाबाट संचालित उद्योगबाट खरिद गर्ने ठाउँ अर्थात् पानी पधेरो भएको थियो ।
एक समाज सेवी भएको नाताले पनि आफु पनि यहि औधोगिक नगरीमा कर्म क्षेत्र भएको नाताले समय ब्यबस्थापन गरि सामाजिक समारोह ,उत्सब र अन्य कार्यक्रममा जम्का भेट हुने गर्दथ्यो । आफ्नो काममा दत्त चित्त भै लाग्नु पर्ने तत् पश्च्यात समाज सेवामा होमिनु पर्ने भन्नु हुन्थ्यो । बिभिन्न संस्थामा वहालाई एक शुभ चिन्तक भएको हैशियतमा अभिभावकको रुपमा संलग्न गराईन्थ्यो l वहा समय ब्यबस्थापन गरि हौसला प्रदान गर्न कहिले पनि चुक्नु भएन।
सदैब हसिलो र खुशी रहनु हुन्थ्यो l धार्मिक उत्सबमा बिसेष अभिरुचि र दिन दुखिलाई हृदय देखि नै सहयोग गर्नु हुन्थ्यो । वहा कलाकारहरुलाई पनि सम्मान गर्नु हुन्थ्यो । एकहोरो व्यवसायमा लागेको ब्यापारीलाई कहिलेकाही उसको मनलाई चुस्त र फुर्ति ल्याउन मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रममा संलग्न गराउनु पर्छ भन्नु हुन्थ्यो ।
सन्तोष पन्त , हरि बंश आचार्य तथा मदन कृष्ण श्रेष्ठको सांस्कृतिक कार्यक्रममा आयोजकलाई हौसला प्रदान गर्न आर्थिक सहयोग गर्न पछि कहिले पर्नु भएन। सांस्कृतिक कार्यक्रममा आफु मात्र सहभागी नभई आफ्ना परिवारलाई समेत जान उत्साह गर्नु हुन्थ्यो । हाले मोरङ व्यापार संघको नेतृत्व दिई सक्नु भएको थियो र हामी पनि कार्यक्रममा सहभागी हुन्थ्यो। स्वर्गीय राठीका दाल, चामल, तेल, मैदा, जुट र सलाईका उद्योगहरु रहेका छन् र बिहान देखि नै आफु स्वयम् खट्नु हुन्थ्यो ।
बिराटनगरमा अग्रवाल ,राठी,काब्रा,खेतान ,लालवानी ,गोल्छा ,लुनिया ,धनावत र दुगडहरुको निकै बाक्लो बसोबास रहेको छ । सबै जसो उद्योग तथा व्यवसायमा तल्लिन छन् । वहाले भनेको सबै भन्दा आफु महत्वपूर्ण कुराहरु समाज सेवाले जीवन सार्थक हुने र आत्मा संतुष्ठी हुने हुनाले समय निकालेर भए पनी यो सेवामा लाग्नु पर्छ भन्नु हुन्थ्यो ।
वहाले अभिव्यक्ति दिएका कुराले मलाई अमेरिकामा पनि घोची रहेको छ । यो अगाडी पनि बिराटनगरका उद्योगपतिहरुलाई अपहरण नगरेका हैनन् । तर फिरौती रकम बुझाई तथा प्रहरी र प्रशासनको मद्दतले ब्यापारी /उद्यमी सकुसल घर फर्केका ईतिहास छ । त्यही दिन नै पाता कसी घाटी थिचेर मारेको कहाली लाग्दो अपहरणकर्ताको बयानले हामीलाई पिडा थपिएको छ । यस्तो अशुभ समाचार कहिले नसुन्नु परोस र यो बुढेशकालमा दर्दनाक मृत्यु भोग्नु पर्यो ।
वहाको यो हत्याले आफु विक्षिप्त भएको र सात समुद्र पारी आफु भएकोले भौतिक रुपमा उपस्थित हुन् नसकेकोमा दुख लाग्नु स्वाभाविक हुन्छ । मोरंग जिल्ला ,बिराटनगरमा राठी परिवारहरु प्रसस्त छन् र हाँगाहरु चौतर्फी फैलिएका छन् । यो निधन प्रति गहिरो दुख ब्यक्त गर्दै यस घडीमा सम्पूर्ण परिवारलाई धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गर्न सकुन भन्दै दिवंगत आत्माको चिर शान्तिको लागि हार्दिक श्रदा सुमन अर्पण !
ओम शान्ति ! शान्ति !! शान्ति !!!
विजय थापा
हाल :भर्जिनिया ,सयुक्त राज्य अमेरिका