फागुन ८,
पेरिसका नेपालीले मुलाको सिन्की र अचार चाखेका छन्। उहि मुलाको सिन्की उही मुलाको चाना भन्दै गीतमार्फत हट गायिका ज्योति मगरले फ्रान्स बसेका नेपालीहरूलाई सांगीतिक स्वाद चखाएकि हुन्। अविवाहित गायिका डिम्पल हाँसोका साथ सबैलाई नाच्न आग्रह गर्दै स्टेज चढेकी थिइन्।
जब उनले उही मुलाको सुरु गरिन वातावरण एकाएक गर्मायो। नेपाली एकता समाज फ्रान्सले आइतबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा गायिका मगरले युवायुवतीहरूलाई कम्मर मर्काइ-मर्काइ नाँच्न बाध्य बनाइन्। ज्योतिले आइलभ यु भन्दै फ्लाइङ किस दिँदा युवाहरू थप जोसिएका थिए। ज्योतिले गीत गाउँदा फ्रान्सेली नागरिकहरू पनि हात हल्लाउँदै नाचे।
समारोहमा लोकपप गायक दुर्गा गुरुङले उत्तिकै रौनक थपेका थिए। कार्यक्रममा भुवन राईले स्वागत गीत गाएका थिए। नेपाली संस्कृतिक परम्पराको जगेर्नाका लागि आयोजित समारोहमा उपस्थित दर्शकले भरपुर मनोरन्जन लिएका थिए। फुड स्टलसहित आयोजना गरिएको कार्यक्रममा उपस्थितहरू ने पाली पहिरनमा सजिएका देखिन्थे।साप्ताहिक;