'जादुमय आवाज अम्बिकाको


   काठमाण्डु फागुन १५,

'जादुमय छ अम्बिकाको आवाज ।' कालिञ्चोक एफएमबाट 'शुभप्रभात कार्यक्रम' संचालन गर्ने दोलखाकी चर्चित रेडियो प्रस्तोता अम्बिकाले हालै 'रेडियो स्मार्ट अवार्ड' हात पारिन् ।  अम्बिकाको आवाजमा प्रसारण हुने 'गीति कथा' का प्रशंसकहरू उनको स्वर सुनेर मुग्ध हुन्छन्  ।

सायद त्यसैले कालिञ्चोक एफएमले स्थापना गरेकै वर्ष पहिलो अवार्ड उनैलाई सुम्पिएको छ  । एफएम स्थापनापछिको पहिलो अवार्ड आफ्नो पोल्टोमा खस्दा उनी असाध्यै खुसी छिन् । २४ वषर्ीया अम्बिका कुशल कार्यक्रम प्रस्तोताका अतिरिक्त कार्यक्रम प्रमुख तथा रेडियो प्राविधिक पनि हुन् ।

संचालकहरू-भन्छन्-'इमान्दारीपूर्वक काम गर्ने क्षमताका कारण उनलाई थप अवसर दिइएको हो । अम्बिका बहुप्रतिभाशाली, कामप्रति लगनशील एवं इमान्दार व्यक्ति हुन् ।' स्नातक उत्तीर्ण अम्बिका रेडियोका लागि भनेपछि जुनसुकै समय समर्पण गर्न तयार हुने सक्रिय पत्रकार हुन् ।
शरूना मानन्धर श्रेष्ठ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com