‘भलिवल ओपन लिग २०१२’ नेपालको सहज विजय

दोहा  फागुन १३,

कतार भलिबल एशोसियसनद्धारा आयोजित ‘भलिवल ओपन लिग’ अन्तर्गत गत शुक्रवारको खेलमा नेपालले मोवासलातमाथि २–० को सहज विजय हासिल गरेको छ । यसअघि कतार फाउण्डेशनसंग पराजित भएपछि अपराजितयात्रा रोकिएको ने पाल गत शुक्रवार भने निकै सुधारिएको थियो । दुवैसेटमा २५–११ को अन्तरले नेपाल विजयी भएको छ । गत साताको विजयसंगै नेपालको ७ अंक भएको छ । 

भारतले अपिराजित यात्रा कायम राख्दै ८ अंक जोडेको छ भने ने पालसंगै कतार फाउण्डेशन र कतार क्लब्स जुनियर्सको पनि ७ अंक रहेको छ । अंकतालिकामा फिलिपिन्सको ६, इजिप्टको ५ र मोवासलातको ४ र ले वननको ३ अंक रहेको छ । लिग अन्तर्गतका अघिल्ला खेलहरूमा नेपालले लेवनन र इजिप्टलाई पर ाजित गरेको थियो भने कतार फाउण्डेशनसंग पराजित भएको थियो । गत शुक्रवार दर्शकको उत्साहजन्य समर्थनकाविच नेपालले सकभर गल्ती नगरी खे लको लय पछ्यायो । 

शुक्रवार पनि नेपाली टोलीका विदेशी खेलाडी तथा प्रतिस्पर्धाकै उत्कृष्ट मध्येका एक स्टार हिरोशीको बलियो स्पाइक नेपाली टोलीको प्रेरणा थियो । ११ जनवरीबाट आयोजना भएको लिग अन्तर्गत गत शुक्रवारको अर्को प्र तिस्पर्धामा भारतले फिलिपिन्सलाई २–० (२५÷१५, २५÷१४) ले पर ाजित गर्दै अपराजित यात्रा कायम राखेको छ भने इजिप्टले लेवननलाई २– ० (२५÷२०, २५÷१२) ले पराजित गरेको छ । शुक्रवारको अर्को रोचक प्रतिस्पर्धामा कतार जुनियर्सले कतार फाउण्डेशनलाई २–१ (२६÷२४, १ ९÷२५ र १५÷११) ले पराजित गरेको छ । 

लिगका टेक्निकल मेम्बर तथा कतारस्थित नेपाली समाजका अगुवा सागर नेपाल र प्रशिक्षक तथा ब्यवस्थापक बुद्व गुरुङले अवका खेलमा मेहनत र उपयुक्त र णनितिका साथ उत्रने उल्लेख गर्दै नेपालीजनको अधिकतम सहभागिता र समर्थनको अपिल गरेका छन् । गत बर्ष दोश्रो स्थान हासिल गर्न सफल रहेको नेपाल यस बर्ष पहिलो स्थानको दावेदारीमा छ । २२ फरवरीमा नेपालले दिनको ५ बजे फिलिपिन्सको टोलीसंग प्रतिस्पर्धा गर्दैछ । सोनाम ल्होछार मनाइयो ल्होछार ज्यावाडान्वा † प्रेम लामा÷दोहा– कतारमा हरेक बर्षझैं यसपाली पनि सोनाम ल्होछार भब्य उत्साहका साथ मनाइएको छ । नेपाल प्रवासी तामाङ समाज कतारले गत शुक्रवार गल्फ पाराडाइज होटलमा विशेष कार्यक्रममाझ २८४९ औं सोनाम ल्होसार मनाएको हो । 

ल्होछार नेपालको एक प्रमुख र महत्वपुर्ण राष्ट्रिय पर्व हो । तामाङ जातिको यसपालीको ल्होछार पर्वमा ‘भाषा, धर्म, कला, सँस्कृति र भे षभुषा हरेक जनजातिको पहिचान हो, आफ्नो अधिकारको संरक्षण गरौ, सम्बर्धन गरौं’ भन्ने नारा रहेको थियो । हरेक साल नयाँ बर्षको रुपमा ल्होछार पर्व मनाउने गरिन्छ । चक्रिय प्रणाली अन्तर्गत यो बर्ष भने डुक अर्थात् सर्प बर्ष परेको छ । तामाङ जातिमा अन्य १२ बर्गहरुमा भन्दा पनि यो सर्प बर्गमा जन्मनेहरु निकै तिक्ष्ण बुद्धि भएको, सफा सुग्घर, चलाख र भविश्यमा चर्चित ब्यक्ति हुने विश्वास गरिन्छ । 

अध्यक्ष शंखलाल तामाङको सभापतित्व तथा नेपाली राजदुतावास दोहाका मिनिष्टर कन्सुलर ऋषिराम घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न ल्होछार विशेष कार्यक्रममा विस्तृत मनोरञ्जनात्मक प्रस्तुतीहरू समावेश गरिएको थियो । प्रमुख अतिथि घिमिरेले शुभकामना मन्तब्य दिंदै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव सहित नेपाली दुतावासले सदैव साथ दिने प्र तिबद्वता ब्यक्त गरे । भाषण भन्दा बढि कर्ममा विश्वास गर्न उनले सुझाव दिएका छन् । उनले कतारवासी सवै नेपालीलाई ल्होछारको शुभकामना दिए । कार्यक्रम सभापति तामाङले ल्होछारको शुभकामना (ल्होछार ज्यावाडान्वा) दिँदै समाजले ल्होछार विशेष आयोजनालाई हरेक बर्ष निरन्तर राख्ने प्र तिबद्वता जनाए । 

प्रमुख अतिथि तथा अन्यअतिथिहरूद्धारा ब्यानर उद्धघाटन र दिप प्रज्वलन तथा सहभागिहरूद्वारा नेपालको राष्ट्रिगान गाएर सोनाम ल्होछारको शुभारम्भ गरि एको थियो । समाजकी महिला विभाग प्रमुख मिना तामाङले तामाङ भाषामै स्वागत मन्तब्य दिइन् भने तामाङ जातिहरुको ल्होछार पर्वको बारेमा लामा गुरु थर्चा लामाले जानकारी गराए । सो अवसरमा लामा गुरु लगायत अन्य विभिन्न स्थानिय कलाकाहरुद्वारा तामाङ जातिको धर्म, सँस्कृति, कला झल्कने खालका झाँकी प्रस्तुत गरिएको थियो । गैर आवासीय नेपाली संघ कतार च्याप्टरका अध्यक्ष अमृत गुरुङ्ग, नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष विनेश तामाङ, नेपाल तामाङ घे दुङका सचिव तथा छारगोङमाका प्रधान सम्पादक प्रतीक तामाङ, नेपाली महिला समाजका अध्यक्ष रेखा राई लगायतले ले बैदेशिक रोजगारीमा रहेता पनि नेपालीहरु ले आ–आफ्नो धर्म, सँस्कृति, कला, भेषा, भुषा र पहिचानलाई सदैव संर क्षण संबद्र्धन गर्दै आएकोमा खुसी र गर्दै जानुपर्ने सुझावसहित शुभकामना ब्यक्त गरे । 

कार्यक्रमको दोश्रो तथा सांस्कृतिक सत्रमा नेपालबाट आएका अतिथि कलाकारहरू गायिका जमुना योञ्जन तामाङ र गायक सागर एस तामाङले निकै मिठो भाकामा तामाङ गीतहरु गाएर सहभागिहरूलाई भरपुर मनोरञ्जन दिए । तामाङ समुदायमा गायन क्षे त्रबाट बिषेश पहिचान बनाएका योञ्जन र वाइबाका प्रस्तुतीहरू बेजोड रहेको सहभागीहरूको प्रतिकृया थियो । स्थानिय कलाकारहरु थर्चा लामा, संगीता तामाङ, सुरज तामाङ, राजेन्द्र तामाङ, उमेश बस्नेत, अनिता तामाङ, केम्छो लामा, जुनी नेपाली, रविना तामाङ, ओम तामाङ, सिमा तामाङ, सम्झना तामाङ, लाल तामाङ, नेत्र तामाङ, श्याम तामाङ, सोम तामाङ, रुपचेन तामाङ, बलेन्द्र, सोभिता, सीता, मनिषा तामाङ, सन्तोष तामाङ, सरु तामाङ, अमृत तामाङ, कर्म तामाङ, प्रताप तामाङ, सोम तामाङ, अजय घिसिङ्ग, किरण लामा लगायतले तामाङ जातिको कला सँस्कृति झल्कने खालका विभिन्न तामाङ गीतसंगितमा नृत्य प्रस्तुतीहरू दिएर मनोरञ्जन गराए । 

तल तल रोशित खोला, लामा नृत्य, म्हेन्दोमाया, ओहोई साईली ओ माइली †, ताबु नृत्य, आम्मैले है आम्मैले, डम्फुला कदेज्यावा, म्हेन्दोमाया सिताल छाँयाले, नौलो जमाना, मानी नाच, माफी मुश्किला जस्ता कमेडी गीतहरुमा एकल र सामूहिक नृत्यहरूले दर्शकलाई कार्यक्रम रुचीकर बनाए । सो अवसरमा आशोक सिङतान, विशाल लामा, दिल्पु लामा र एक्सन तामाङले विभिन्न तामाङ तथा नेपाली गीतहरु गाएका थिए । कुमार मोक्तान तथा दिल दोजेर् तामाङले गायिक जमुना योञ्जनसँग दोहोरी गीत गाए । 

सो कार्यत्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रनिनिधिहरु, समाजसेवी, ब्यवसायी, बुद्धिजिवी, नेपाल आदिवासी जनजाति महासंघ कतारमा आवद्ध भएका मातृ संस्थाहरुका प्र तिनिधिहरु लगायत कतारमा कार्यरत तामाङजनहरुको निकै बाक्लो उपस्थिति रहे को थियो । सन् २००५ देखि कतारमा नेपाल प्रवासी तामाङ समाजले नेपालबाट तामाङ कलाकार ल्याएर ल्होछार पर्व मनाउन विशेष आयोजना गर्दै आएको छ । यसपालीको सोनम ल्होछार कार्यक्रमका संयोजक महासचिव माइला वाइवा तामाङ र हेका थियो भने कार्यक्रम संचालन प्रथम उपाध्यक्ष कुमार मोक्तान तामाङ र सुमन वाइवा तामाङले गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com