कायरो, माघ २९ ,
कायरोको अदालतले सरकारलाई भिडियो सेयरिङ गर्ने वेवसाइट युट्युवलाई एक महिनाको लागि प्रतिवन्ध लगाउने निर्णय सुनाएको छ। इस्लाम विरोधी फिल्मका कारण विश्वव्यापी समस्या आएको भन्दै अदालतले यस्तो आदेश दिएको हो।
न्यायाधीश हसऔना तावफिकले इस्लामविरोधी फिल्महरु युट्युवबाट खुला प्रसारण भएकाले तिनलाई रोक्न आदेश दिएका हुन्। गत सेप्टेम्बरमा इजिप्टको राजधानीमा युट्युव फिल्मका कारण आन्दोलन नै भएको थियो। यस्तो आन्दोलन २० मुलुकमा फैलिसकेको र त्यसकै कारण ५० को ज्यान गएको छ।
आदेश भएपनि यो मुद्दालाई लिएर पुनरावेदन गर्न सकिने अवस्था भने कायमै छ।
इजिप्टमा जन्मिएका अमेरिकी नागरिकले तयार पारेको फिल्म इनोसेन्स अफ मुस्लिम्स् को प्रोमो युट्युवमा राखिएपछि विश्वव्यापीरुपमा यसको विरोध भएको थियो।
इस्लाम र धर्मका केन्द्रमा रहेका मोहम्मदमाथि आक्रमण भएको भन्दै विश्वभर रहेका इश्लामहरुले विरोध गरेका थिए। यही विरोध हिंसामा बदलिँदा धेरैको ज्यान गयो।एजेन्सी;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै