दुबइ फागुन २,
भिम तमु "सविनय" दुबइ - गत ८ फेब्रुरी २०१३ मा अबु धाबीको फुडल्यान्ड रेस्टुराँमा तमु समाज यूएईको आयोजनामा अबु धाबी क्षेत्रिय समितीको संम्योजनमा चेलीबेटी भोज धुमधामसँग मनाए ।
तमु जतिको पराम्परा-गत चाड मागे सक्रन्ती अर्थत माङी त्हें बिशेष गरी रि च्हमेंलाई आफ्नो माईतीले बोलाई मिठो मिठो परीकार बनाइ खुबाउने प्रचलन रहदै आएको र सोही दिन आफु भन्दा ठुला आफान्तहरुलाई पुज्ने चलन पनि रही आएको छ ।
सो दिन सेलरोटी,तरुल,माछा मासु जाँडरक्सी जस्ता परीकार खाने र मागे सक्रन्ती मेलामा गएर ठेलो हन्ने, रोधी बस्ने, नांच गान गर्ने पनि गर्छन् । प्रबासमा समय अनुकुल मिलाएर मनाउदै आएको तमु समाज यूएईमा पनि प्रतेक बर्ष झै यसपाली पनि धुमधामले मनाए । बिगतमा बिभिन्न पार्कहरुमा मनाउदै आए पनि यसपाली अली फरक ढंगले रेस्टुराँमा मनाए । त्यस्तै गरी बिगतमा चेलीबेटीहरुले बनाएका सेलरोटी,आचार सँगै बबिक्यु जस्ता खानेकुराले मुखै लठ्यौथ्यो भने यसपली बिभिन्न पारीकारका साथ आँफैले रोजी पार्टी सैली खान पाउदा झन नयापन भेटिएको सहाभागिहरु बताउछन ।
आफ्नो मौलिक परम्परा जगेर्ना गर्दै प्रबासमा पनि तमु चेलीहरुलाई स्वदेश कै आभास होस् भने हेतुले तमु समाज यूएईले सम्पूर्ण यूएईमा रहेका तमुहरुलाई समेटी हरेक बर्ष मनाउदै आएको सर्बबितितै छ ।
अबु धाबिको फुडल्यान्ड रेस्टुरेन्टमा आयोजना गरेको रीं चमें तथा माङी त्हें तमुसमाज यूएईको बारीष्ठ उपाध्यक्ष तथा कार्यबहाक अध्यक्ष खड्का जङग तमुको सभापतित्वमा गुन्जमान तमुले सन्चालन गरेको थियो भने नेपाली राजदुतबास यूएईका श्रम सहाचरी हिरा पौडेल प्रमुख अथिति तथा समाजका प्रमुख संरक्षक यम प्रसाद तमु,उपाद्यक्ष नारायण जङग तमु लगायत पदाधिकारीहरु लगायत महिला दिदीबहिनिको बक्लो उपस्थित थिए ।
तमु समाज यू ए ई अबु धाबी क्षेत्रिय समितीका अध्यक्ष श्याम तमु संयोजक रहनुभएको थियो ।
अंमात्रित चेलीहरुलाई खादा ओढाइ स्वागत गरेको कार्यक्रममा स्थानिय कलाकारहरुले गीत र नांचले मनोरन्जन प्रदान गरिएको थियो । सोही कार्यक्रममा सप्ह्री ल्होसार सहाभागि चेलीहरुलाई सम्मान गरिएको थियो भने तमु समाजको हरेक काम र कार्यक्रम अतुलिनिय योगदान रही सकृया रहेकी पवित्र तमुस्योलाई बेस्ट चेली अफ यियरले सम्मानित गरिएको थियो भने सो पुरुस्कर समाजका संगठन बिभाग प्रमुख मुनिन्द्र तमुले प्रायोजन गर्नुभएको थियो भने सभापति र उपाध्यक्षको प्रायोजनमा रक्सी बियर ब्यबस्था साथै हलमा बिन्दास नांच्न पाउनले सबै हाँसिखुशी देखिन्थे ।
अन्त्यमा उपस्थित सबै शुभ चिन्तक महिला तथा सज्जनहरुलाई चेलीबेटी भोजमा सहाभागि भई कार्यक्रमको शोभा बढाइदिनु भएको हार्दिक कृतिज्ञ प्रकट गर्दै आगामी दिनमा पनि यसरी नै उपस्थिती जनाइदिनु हुने अपेक्षा रख्दै सभापतिले कार्यक्रम समापन गरेका थिए ।