दलित भनेर जातिय उत्पीडन गरेका ग्रामिण विकास वैँकका कर्मचारी भुपति
पाण्डेयलाई कानुनि कार्वाहि नभएको भन्दै विभिन्न दलित संघ संगठनले
शनिवार श्रीगाउँमा वैठक वसि आपत्ती जनाएका छन् ।
गत फाल्गुन १० गते ऋण वुझाउन वैँकमा गएका शान्तिनगर २ का
शालिकराम विकलाई वैँक कर्मचारी पाण्डेले गालि व्यईजति एवं हातपात गरे
को विज्ञप्तीमा उल्लेख गरेका छन् ।
नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा क्षेत्र
नम्वर ५ को आकसस्मीक वैठकले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी
दिदा पनि सुनुवाई नभएको भन्दै आपत्ती जनाएको छ । ‘प्रशासनले समे
त दलित भनेर वास्ता गरेन । हामि कडा आन्दोलनका कार्यक्रम घोषणा गरेर
अगाडि वढ्न तयार छौँ ।’ विज्ञप्तीमा भनिएको छ ।
पहिलो चरणको आन्दोलनका रुपमा आईतवार विहान तुलसीपुरमा पत्रकार सम्मे
लन गर्ने जनाईएको छ । भने वैंकलाई ध्यानआकर्षण गराउने र घटना
घटेकै दिन निवेदन दिँदा पनि व्यवास्ता गरेको ईप्रका तुलसीपुरलाई दवाव
दिने लगाएत रहको बताईएको छ ।
शालिकराम वडानागरीक मञ्चका संयो
जक, दलित मोर्चाका जिल्ला सदस्य, दलित समन्वय समिति शान्तिनगरका सदस्य समे
त रहेको जनाईएको छ । गालि व्यर्यजति र कुटपिट गरेकोले घटनाको घोर
भत्र्सना गर्दै दोषिलाई कडा कार्वाहिको माग गर्न विज्ञाप्ती निकाल्नेहरुमा
नेपाल राष्टिय दलित मुक्ति मोर्चाका मानवहादुर रसाईली, मोर्चाका केन्द्रि
य सल्लाहकार चक्र बहादुर विक, जिल्ला अध्यक्ष खडक बहादुर सुनार, राजनैतिक
दलित संघर्ष समिति जिल्ला सहसचिव राधिका परियार लगाएत छन् ।
व्यवास्ता गरिएको विषयमा ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सम्पर्क गर्दा
पिविडतले नै वास्ता नगरेको प्रतिकृया दिएको छ । भने ग्रामिण विकास वैंकका
प्रवन्धक तिन्कीराम चौधरीले पाण्डेयले त्यसतो व्यवहार नगरेको आफु
लाई जानकारी दिएको वताएका छन् । अधिकांश सेवा ग्राहि दलित भएको
भन्दै चौधरीले पिडित पक्ष आफ्नो सम्पर्कमा नआएकोले सवैकुरा थाह
नभएको जानकारी दिए ।