मिस नेपाल २०१३' को अन्तिम छनोट १८ प्रतिस्पर्धी

काठमाडौं, फागुन ११,

'फ्यान्टा मिस नेपाल २०१३'को अन्तिम प्रतिस्पर्धी छनोट गरिएको छ। राजधानी र वाहिरका प्रमुख शहरहरुमा गरिएको अडिसनपछि अन्तिम १८ मा परेकाहरुको नाम सार्वजनिक गरिएको हो।

द हिडन ट्रेजरले आयोजनामा हुन लागेको मिस नेपालको यो १८ औं संस्करण हो। यसपटक समीक्षा श्रेष्ठ, रचना भारती, सिपोरा गुरुङ, बिन्दु केसी, माया सवाद, इशानी श्रेष्ठ, सुजाता बलामी, मेघना श्रेष्ठ, श्रुतिमा शाह, प्रतिमा गिरी, ओशिमा बानु, रक्षा थापा, रोजिसा शाही, अस्मिता सिटौला, सुमी लामा, रेणु पोखरेल, ऐश्वर्या उपाध्याय र रिजु श्रेष्ठले सहभागिता जनाएका छन्।

कोरियोग्राफर रचना गुरुङ शर्मा र प्रशान्त ताम्राकारले प्रतियोगीहरुलाई सानेपास्थित अन्तर्राष्ट्रिय क्लबमा प्रशिक्षण दिंदैछन्। यसपटकको मिस नेपाल २०१३ लाई फ्यान्टाले प्रायोजन गरेको छ।(नागरिक)


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com