छ महिनाभित्रका सबै आवेदन बलात्कारसम्बन्धी मात्र


 ललितपुर,  फागुन २,

महिला हिंसाविरुद्ध अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा छ महिनाभित्र आएका सबै आवेदन बलात्कारसम्बन्धी मात्र रहेका छन्।

गत साउनमा गठन भई सञ्चालनमा आएको सो केन्द्रसामु पुससम्ममा ६० वटा घटना आएका थिए। तीमध्ये सबै घटना बलात्कारसम्बन्धी छन्। काठमाडौँ उपत्यकाका तीनवटै सहरका हिंसामा परेका महिला शारीरिकरुपमा घाइते भएको अवस्थामा उनीहरुले उपचार र कानुनी सेवासमेत केन्द्रबाट निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन्।

ललितपुर, काठमाडौं र भक्तपुरमा महिला हिंसाका पीडितहरुलाई सघाउन सो केन्द्र सञ्चालनमा ल्याइएको महिला तथा बालबालिका कार्यालय ललितपुरका अधिकृत राधा रुपाखेतीले बताए।

हाल थापाथलीस्थित प्रसूतिगृहमा हिंसामा परेका महिलाले सेवा लिन सक्ने व्यवस्था मिलाइएको उनले बताए। कानूनीरुपमा सहायता चाहिएमा पनि महिलाले सोही अस्पतालबाट नै सरल तरिकाबाट कानूनी सहयोगसमेत लिन सक्नेछन्। केन्द्रका समन्वयकर्ता सुकुमाया लामाका अनुसार यी सबै घटना प्रहरीमार्फत केन्द्र आएका हुन्। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com