कुम्भ मेलामा भएको भागदौडका क्रममा ३६ को मृत्यु

 माघ २९, 

भारतको इलाहवादमा भब्य रुपमा जारि कुम्भ मेलका क्रममा रेलवे स्टेशनमा भएको भागदौडमा ३६ व्यक्तिको मृत्यु भएको छ ।

२८ माघ साँझ गंगामा स्नान गरेर फर्केका व्यक्तिहरुको भिडमा रेलवेको आकाशे पुल भत्किएको हल्ला चलेपछि भागदौड मच्चिएको थियो ।

उक्त भागदौडमा ३६ को मृत्यु भएको र ३० भन्दा बढीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । इलाहावादमा रेलवेका प्रवक्ता अमित मालवीयका अनुसार मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिकाहरु छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार प्लेटफर्म नम्बर ६ तर्फ जाने सिढीमा ‘फुट ओभर ब्रिज’ को भार भत्किएको हल्ला चलेपछि यो घटना भएको हो । २८ माघमा करिब तीन करोड व्यक्तिले गंगामा स्नान गरेको अधिकारीहरुले बताएका छन् ।(source-himal)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com