एन आर एन ए कुवैतको बिशेस भेला सम्पन्न सहमति बाट नया नेत्रित्तो चयन गर्न सहभागीको अनुरोध



 कुवैत माघ २९, 

भाईराम चौलागाई : कुवैत सिटी ९ फेब्रअरी  एन आर एन ए कुवैत को बिशेस भेला बृहत् छलफलका साथमा हिजो कुवैतको जिलिब स्थित ह्र्दम हल मा सम्पन्न भएको छ। 

उक्त भेलामा एन आर एन ए कुवैत का तर्फा बाट नजिकिदै गरेको तेस्रो अधिबेसन अदिबेसनका लागि निर्बाचन समिति ,नेपाली दुताबास कुवेतमा डेस्क राख्ने सम्बन्धमा र कुवेतमा रहेका नेपाली संघ सँस्था हरुले कुन रुपले एन आर एन ए कुवेतलाई हेरेका छन्।भन्ने मुलभूत बुदा दिदै यही मुलभूत बिषय को वरिपरि रहेर विचार बिमर्श गर्न एन आर एन ए कुवैतका माहासचिब कल्याण कुमार श्रेष्ठ ले आग्रह गर्दै संचालक इन्द्र भुसाल लाई माइक हस्तान्तरण गर्नु भएको थियो।

एन आर एन ए कुवैत अध्क्षय राजेन्द्र तामांग को सभापत्त्तिव मा सम्पन्न कार्यक्रममा  पर्यबेक्षक खाडी न्युज डट कम का प्रधान सम्पादक भाईराम चौलागाई ,कुवैत नेपाल डट कम का प्रधान सम्पादक   जय आले ,मरुभूमिको कोसेली पत्रिकाका प्रधान सम्पादक  तोया नाथ दाहाल र बुद्धिजिबी किरण पौडल रहनु भएको थियो।

कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाली संघ सँस्थाका प्रतिनिधि, पत्रकार ,समाजसेबी बुद्धिजिबी ले नेपाली श्रमिकको पक्षमा उल्लेखनीय कार्य गर्न नसकेको आपसी विवाद को घेरामा फसेको नेपाली दुताबास सग सहकार्य गर्न नसकेको नगरेको गुनासो गरेका थिए।भने अबको नेत्रित्तो स्वच्छ छबि भएको व्यक्ति हुनु पर्ने नेपाली दुताबास सग सहकार्य गर्दै दुताबासमा डेस्क राख्नु पर्ने मध्य पुर्बले एन आर एन को नेत्रित्तो लिनु पर्ने र खाडी मुलुक बाट फर्कने कामदार हरुलाई नेपालको बिमानस्थलमा समानजनक ब्याबहार गर्न सम्बन्धित निकायमा पहल गर्नु पर्ने र सहमतिमा नै नया नेत्रित्तो चयन हुनु पर्ने धारणा  राखेका थिए।


कार्यक्रममा आफ्नो धारणा राख्दै माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका अध्यक्ष धर्मराज गिरिले कुनै पनि दाबेदार सर्ब-सहमत न भएको खण्डमा अध्यक्ष पदका लागि आफु उमेद्धारी दिने बताउनु भयो। यस्तै कोअर्डिनेटरका लागि सुजन केसी र महासचिबका लागि राजन रिमालले उमेद्धारी दिने बताएका थिए।

कार्यक्रम को अन्तमा बोल्दै एन आर एन ए कुवैत उपाअध्क्षय राजु थापाले आयजोकको तर्फ बाट बक्ताहरुको जिज्ञासा :एन आर एन ए  को सदस्यता वितरण  सम्बन्धमा उमेद्धारी दर्ता सम्बन्धमा र निर्बाचन भएको खण्डमा निर्बाचन समयावधि दुइ दिनकै राख्नु परेपनि आफुहरु तयार रहेको र जस्तो सुकै परिस्थितिमा पनि निस्पक्ष र पारदर्शी तरिकाले अधिबेसन सम्पन्न गर्ने बताउनु भयो भने एन आर एन ए कुवैत अध्क्षय राजेन्द्र तामांगले आफुले दुइ कार्यकालमा तिता मिठा अनुभव बटुलेको बताउनु भयो ठट्यौली पारामा उहाले आफ्ना दुइ कार्यकाल हरु   पहिलो सिक्दा सिक्दै र दोश्रो बिबादै बिबादै को घेरामा बितेको बताउनु भएको थियो।

अब आउने नेत्रित्तो स्वच्छचुस्त रही आम प्रबाशीको हक अधिकारका लागि लागिपरी कुवेतमा आफ्नो छबि उच्च बनाउनु पर्ने देखिन्छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com