गज़ल : By, कोमल भट्ट



बिछोडको पीडा नसकी खप्न रुँदैछिन बिचरी
आँसुले भिज्यो तकिया सबै धुँदैछिन बिचरी

वेदना उर्ल्यो श्रावणको बाढी उर्ले झैं गरेर
प्रियाको साथ सम्झेर दु:खी हुँदैछिन बिचरी

हुरुरू उडी जाने मन थियो बिदा नै मिलेन
तैपनि आशा मरेको छैन दुंदैछिन बिचरी

विवशता ठूलो परेर मात्रै परदेशी भएको
आफन्तसँग विरह व्यथा फुँदैछिन बिचरी

आँखामा नाचे परिवार अनि घरबारी कटेरो
यी सबै कुरा स्वप्नामा सधैँ छुँदैछिन बिचरी

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com