गजल : By, कल्पना राई 'खुशी'



घुँडा टेकि साथ माग्नु भन्दा पराई हुदैछु।
माया भनि पछि लाग्नु भन्दा पराई हुदैछु।।

आशु बगि ताल जम्दा याहाँ पा्ईन साथ त्यो,
मर्यादाको रेखा  नाग्नु भन्दा  पराई हुदैछु।।

घरि-घरि तिम्रो बिम्ब बोल्दा सपनी बिथोल्दै,
मध्य राती झस्कि जाग्नु भन्दा पराई हुदैछु।।

मृग त्रिस्णा भयो माया मेरो यो जुनी हेर न!
लाज मानि अब  भाग्नु भन्दा पराई हुदैछु।।

दुई तट  जस्तो भयौ हामी  मिलन नहुने,
प्रित सोचि ढुंगा दाग्नु भन्दा पराई हुदैछु।।

कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल-कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com