व्यङ्‍ग्यात्मक कविता : By, बिम्मी शर्मा



हे कुर्सी, तिमीले धेरै गर्यौ
हामीमा नचाहिदो फुर्ती
तिमीमा के छ कुनि,,,,,,,,,
कस्तो गजबको सम्मोहन ???
सबै तिमीसंग लिपिक्क टासीएर
जोडछन आफ्नो कन्धा,,,,,,,,,
तिम्रो आशनमा बसेपछि
किन  सबै हुन्छन अन्धा???
गर्छन मनपरी र हुन्छन भ्रष्ट
अनि जनतालाई दिन्छ्न उपहार
महगाई, दण्डहीनता र कष्ट
सिकर्मी दाइले तिमीलाई बनाउदा
कुनि कति धेरै हालेछ्न फेवीकोल???

या तिमीमाथि बस्नेले नै जिउमा
दलेर आउछन की सुपरग्लू या चारकोल???
जहा पनि कुर्सी तिम्रै छ माया र माग,,,,,,,,,,,,,
नेताहरु तिम्रैलागि गर्छन षड्यन्त्र र गुणाभाग
बनाउदैनन संबिधान गर्छन मात्र भागमभाग
 इमान्दारीको काठ अनि नैतिकताको
किल र विवेकको फेवीकोल,,,,,,,,,,,,,
हालेर कुर्सी तिमीलाई कसैले बनाएको भए
जनता, समाज, देश र ब्यवस्थाको हाल
आज हुन्थेन यसरी बेहाल,.....

बिम्मी शर्मा !!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com