गजल : By, कल्पना राई"खुशी"



गह भरि संगाले सम्झनाहरु झर्न दिईन।।
मरे आफै जिउदै चाहनाहरु मर्न दिईन।।

पिडा भयो बाहाना जिन्दगी बाँच्न एकबारको,
निको लाग्छ दर्द यो दुखाई कतै सर्न दिईन।।

हर-पल जलें म दिपक जस्तो ज्वाला दन्काई,
छरें संधै प्रकाश अँधेरी कतै पर्न दिईन ।।

खाँए लाखौ हन्डर पाईला पिच्छे गर्दा बिश्वास,
भरें झोली चोटैले बिरह कतै भर्न दिईन।।

हरा-भरा बिहिन चट्टान मै हुँ छैन उर्वरा,
छर्कि दिएँ आफैमा बिष यो कतै छर्न दिईन।

कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com