निर्दहीको जालमा परेछु।
हलचलभो छालमा परेछु।
सर्वस्स हारेझै लाग्यो
जुवाडेको खालमा परेछु।
खै केहि बुझ्नै नसकिने
रिङग्याउने चालमा परेछु।
सस्तो भनि रोज्दा खेरि
महंगो त्यो मालमा परेछु।
अमृत भनि पिउन खोज्दा
विषैविषको कालमा परेछु।
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया