गौर, माघ १९,
धान कुट्न गएकी रौतहट भवानीपुरकी एक महिलाको मिलको पातामा बेरिएर ज्यान गएको छ। सिमरा भवानीपुर-७ देवीपुर टोलस्थित दीपेन्द्र साहको धान मिलमा आज बिहान धान कुट्न आएकी २५ वर्षीया रौशन खातुनको मिलको पातामा सल अल्झिएपछि घटनास्थलमा नै मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ। मिल मालिक साह फरार रहेकाले उनको खोजी भइरहेको बताइएको छ। रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै