महिला हिंसा विरुद्ध गैरआवासीय नेपाली संघ

काठमाण्डौ माघ १२,

काठमाडौंको बालुवाटारमा संचालन भैरहेको महिला हिंसा विरुद्ध धर्ना कार्यक्रमको आज भएको विशेष कार्यक्रममा गैरआवासीय नेपाली संघ महिला फोरमको ऐक्यबद्धता र समर्थन जनाउन सहभागीता रहेको छ । 

सो धर्ना कार्यक्रममा महिला फोरम संयोजक रंजु थापाले त्यहाँ सहभागी भएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसंग कुरा गर्दै नेपालमा दिन प्रतिदिन महिला हिंसामा वृद्धि भईरहेकोमा चिंता व्यक्त गर्दै सबै जना मिलेर यसको समाधान गर्नु पर्ने बताउनु भयो । उहाँले गैरआवासिय नेपाली संघ महिला फोरम महिला हिंसाविरुद्धको अभियानमा र महिलाहरु हितको कार्यको लागि सहयोग गर्न सदा तत्पर रहने जानकारी दिनु भयो । 

उहाँले आजको महिला हिंसा विरुद्धको धर्ना कार्यक्रममा आएर ऐक्यबद्धता जनाइ दिनु भएकोमा गैरआवासीय नेपाली संघका महासचिव तेञ्जी शेर्पा र सल्लाहकार डा. जुगल भूर्तैलका साथै महिला फोरमको व्यानरमा सहभागीता जनाइ दिनु भएकोमा पौरखीका अध्यक्ष मंजु गुरुङ्गका, महिला उद्यमी मंचका पूर्व अध्यक्ष प्रमिला रिजालका साथै प्रथम समावेशी महिला सगरमाथा आरोहण दलका सहभागीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।nepalbritai.

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com