महानगर मुम्बईका प्रेमी जोडीहरू संकटमा

मुम्बई माघ १२,

भारतको महानगर मुम्बईका प्रेमी जोडीहरू संकटमा छन् । उनीहरूले एकान्त थलोमा डेटिङ र रोमान्स गर्न नपाउने भएका छन् । मुम्बई प्रहरीले सुनसान ठाउँमा बसेकालाई कारबाही गरिने सूचना जारी गरेपछि जोडीहरूको प्रेममा ग्रहण लागेको छ ।

यस अनुरूप प्रहरीले फेला परेका जोडीलाई १ हजार २ सय भारतीय रुपैयाँ जरिवाना गर्ने भएको छ । प्रहरीले जोडीहरू नाबालिग भएमा अभिभावकलाई खबर गरिने जनाएको छ । यस्तो स्थलमा बालिग र नाबालिगलाई गुन्डा एवं बलात्कारीको निसानामा पर्ने सम्भावना भएकोले यो निर्देशन जारी गरिएको प्रहरीको दाबी छ ।

मुम्बईको गिरगाउँ चौपाटी, वर्ली सी फेस, मरिन-ड्राइभ, दादर, चौपाटी लगायत स्थलमा प्रेमी जोडीलाई एकान्तको आनन्द लिँदै बसिरहेको देख्न सकिन्छ । प्रहरीको यो सख्त निर्देशनपछि यस्तो दृश्यमा निःसन्देह कमी आउने छ ।

राजधानी नयाँदिल्लीमा भएको बलात्कारको घटनापछि हरेक राज्यको प्रहरीले महिलाको सुरक्षालाई ध्यानमा राखेर कडा पाइला चालिरहेको छ । थुप्रै राज्यका प्रहरीले महिलालाई आत्मसुरक्षा तालिम समेत दिन थालेको छ ।एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com