श्रीमान् श्रीमतीको एकै दिन निधन

खोटाङ, माघ १८ ,

अधिकांश नवजोडीको इच्छा हुन्छ 'सँगै ज्यूँने अनिसँगै मर्ने'। सँगै बाँच्ने र सँगै मर्ने वाचाकसम खाँदै दाम्पत्य जीवनमा बाँधिन्छ हरेक नवजोडी तर जन्म र मृत्युको कुनै ठेगान हुन्न।

कमैको मात्र यस्तो इच्छा पूरा हुन्छ। संयोगवश, खाल्ले-६ का ७३ वर्षीय हरिबहादुर र ६५ वर्षीया नरमाया खतिवडाको सँगै मर्ने वाचा पूरा भएको छ। बाह्र घन्टाको फरकमा खतिवडा दम्पतीको मृत्यु भएपछि साप्सु खोलामा एउटै चितामा राखेर दाहसंस्कार गरिएको स्थानीयवासी कृष्णकुमार थापाले बताए।

खतिवडा दम्पतीको अपराह्न २ बजे र श्रीमतीको त्यही राति २ बजे निधन भएको छिमेकीको भनाइ छ। श्रीमान्लाई एउटै चिताको दायाँ र श्रीमतीलाई बायाँतर्फ राखेर जलाइएको थियो। प्रेम विवाह गरेका खतिवडा दम्पतीका पाँच छोरा र छ छोरी छन्। चार छोरा विदेशमा रहेकाले उनीहरूको दाहसंस्कारमा एक छोराको मात्र उपस्थिति थियो। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com