चिसोले एकै दिनमा १२ जनाको मृत्यु

काठमाण्डौ पुष २६,

अध्याधिक चिसोले गर्दा रौतहट, कैलाली र कन्चनपुरमा गरी एकै दिनमा १२ जनाको मृत्यु भएको छ । रौतहटमा ५ र कैलाली र कन्चनपुरमा ५ र झापामा दुई गरी १२ जनाको मृत्यु भएको हो ।

बिहीबार मृत्यु हुनेमा बन्जरहा ६ का रामाशंकर बैठाकी आठ वर्षीैया छोरी शिलाकुमारी, बडियारपुर गाविस–२ की ७० वर्षीया सहोदरी देवी, धरमपुर–७ का ७५ वर्षीय दुलार सहनी, बैरिया–६ का ६० वर्षीय बतहिया देवी र गमरिया ३ का वर्षीय जनाय खातुन छन् ।

योसँगै रौतहटमा चिसोले ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । अत्याधिक चिसो बढेपछि स्थानीय प्रशासनले दाउरा दिने तयारी गरिरहेको छ । मन्त्रीपरिषद्को सोमबारको बैठकले चिसो प्रभावित तराईका जिल्लामा कम्बल र दाउरा दिने निर्णय गरेको थियो । अत्याधिक चिसोका कारण कठाङग्रीएर कैलालि र कंचनपुरमा ५ जनाको ज्यान गएको छ ।

कञ्चनपुरको लक्ष्मीपुर गाविस वडा नं-९ पडाउकी मलेसी रानाका ४ वषिर्य छोरा, विरेसिंह र लक्ष्मीपुर ९ बुटाबारीकी ७४ बर्षकी शिवकला जैशीको चिसोका कारण मृत्यु भएको हो । आर्थिक स्तिथि कमजोर भएका कारण आवश्यक न्यानो कपडा नहुदा कठाङग्रीएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । ४ बर्षका मृतक रानाको बेलौरी स्वास्थ्य चौकीमा पोष्टमार्टम गरीएको छ भने जैशीको पोष्टमार्टम नगरी अन्तेष्टी गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै कैलालीको पहमानपुर गाविसमा चिसोले कठाङग्रीएर तीन जनाको मृत्यु भएको छ । स्थानीय वासिन्दा फागुराम डगौराका अनुसार वढ्दै गएको चिसोका कारण पहलमानपुर गाविस-१ का भारतीय मुलका व्यापारी कयुम हस्मी, पहलमानपुर-१ का सिममाया प्रसाई र पहलमानपुर गाविस-२ सिसैयाका फग्ना चौधरीको मृत्यु भएको हो ।nepalbritain.

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com