पुष २८,
लुगा, ओढ्ने, ओछ्याने आदिको अभावमा तराईका केही स्थानमा गरिब जनताको मृत्यु भएको समाचारले नायिका निशा अधिकारीका साथ ट्यालेन्ट स्काउट ऋशान्त विपश्भ राई, ड्रेस डिजाइनर शुभेच्छा भँडेल, व्यवसायी सोह्याल कार्की, कोरियोग्राफर विपेन गुरुङ, विद्यार्थी अशरिता भँडेल तथा फोटो पत्रकार अञ्लाई झक्झकायो।
रोटरी क्लब अफ नागार्जुनको सहयोगमा गत शनिबार उनीहरूले नेपालका नाम कहलिएका व्यक्तिहरूबाट लुगाफाटा, कम्बल आदि सामग्री संकलन गरे। मिस नेपाल अर्थ नगमा श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल शुभेच्छा खड्का, पूर्व मिस नेपालहरू माल्भिका सुब्बा र उषा खड्गी, मेघा बैंककी प्रबन्ध निर्देशक रविना जोशी आदिले लाजिम्पाटमा आयोजित सामग्री संकलन कार्यक्रममा स्वयं उपस्थित भै सामग्रीहरू हस्तान्तरण गरे।
'इन्स्ट्यान्ट रिलिफ' अर्थात् तत्काल राहत शीर्षकमा आयोजना गरिएको कार्यक्रममा फेसबुक मार्फत पनि राहत संकलन गरिएको ऋशान्तले बताए। नायिका निशा अधिकारीका अनुसार उनीहरूले दुईवटा पिकअप भ्यान भरिने गरी लुगाफाटा, कम्बल आदि सामग्री संकलन गरेका छन्। 'तराईका स्थानीय रोटरी क्लबहरूको सहयोगमा आफैं गएर ती राहत सामग्री वितरण गरिहाल्छौं,' -निशाले साप्ताहिकसँग भनिन्।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै