भद्रपुर, माघ १८ ,
नेपाल पत्रकार सङ्घ प्रवास समिति भारतका पूर्व अध्यक्ष कृष्णलाल जोशीको हिजो झापाको अर्जुनधारास्थित आफ्नै निवासमा निधन भएको छ।
मुटु र पेटसम्बन्धी रोगबाट पीडित जोशीको ८९ वर्षको उमेरमा निधन भएको पारवारिक स्रोतले जनाएको छ।
विसं २०१३ मा नेपाल पत्रकार सङ्घ प्रवास समिति भारतको अध्यक्ष रहनुभएका उहाँले त्यहाँको सरकारी सञ्चार माध्यममा समेत सेवा गरेका थिए ।
उहाँले विसं २०१० मा भारत मेघालयको सिलोङमा गोर्खा पुस्तकालयको स्थापना गरी त्यहीँबाट हातेखबर पत्रिकाको सम्पादनसमेत गरेका थिए ।
उनको हिजै धार्मिक विधिपूर्वक कनकाई नदीमा दाहसंस्कार सम्पन्न गरियो। रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै