गीत आफ्नै बारेमा

पुष २१,

'न त धेरै पातली छु, न त धेरै मोटी दुनियाँले मनपराउँछन ओठमुनिको कोठी, बुझिएन कुरा, सबैले मलाई राम्री छेस भन्छन् भन्देऊ न ठिटा हो साँच्चै राम्री छु र ?' गायिका निशा सुनारले हालै तयार पारेको गीत हो यो। उनकै बारेमा लेखिएका शब्दबाट यो गीत तयार भएको हो।

गायक पशुपति शर्माले शब्द-संगीत भरेर तयार पारिदिएको यो गीतभरि निशाको आफ्नै बखान छ। 'अहिलेसम्म मानिसहरूले मेरा बारेमा जति प्रशंसा गरेका छन्, त्यही कुरामा आधारित रहेर यो गीत तयार भएको हो' निशाले आफ्नो ओठमुनिको कोठी देखाउँदै भनिन्- 'राम्री छु भने किन गीत नबनाउने जस्तो लाग्यो, नभन्दै तयार भैहाल्यो।'

निशाका नजिकका साथी निर्देशक शंकर बिसीले यो गीतको भिडियो पनि बनाइसकेका छन्। 'प्रोमो त आइसक्यो, तर भिडियो सार्वजनिक गरेकी छैन, उनले भनिन्- यो गीत बबाल हिट हुन्छ म ठोकुवा नै गर्छु।' साप्ताहिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com