चर्चा उनै जियाको

 माघ ७,

नायिका जिया कार्की चर्चामा आउने क्रम रोकिएको छैन। विगतमा चलचित्रको भूमिकाका कारण चर्चामा आएकी जिया केही साताअघि भुवन केसीसँगको रोमान्सका कारण चर्चित थिइन्।

यतिबेला उनलाई चर्चामा ल्याउने कार्य चलचित्र 'बर्बाद' ले गरेको छ। उक्त चलचित्रमा आफू सामान्य भूमिकामा प्रस्तुत भएको बताइरहेकी जियाले हालै काठमाडौंको एउटा स्टुडियोमा सोही चलचित्रको प्रचारका लागि तात्तातो फोटोसेसन गरेकी छिन्।

यसअघिको एक चलचित्रमा प्रशस्त अंग प्रदर्शन गरेर विवादमा समेत परेकी जियाले बर्बादमा अंग प्रदर्शन नगरेको बताए पनि गत साता गरिएको फोटोसेसनमा उनले खुलैरै अंग प्रदर्शन गरेकी छिन्।saptahik;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com