सामुहिक बलात्कार दुई युवतीको

राजविराज, माघ ११ ,

 जितेन्द्र खड्गा : सप्तरीमा दुई युवतीको सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्लाको मल्हनमा गाविसकी १६ वर्षीया सरदार थरकी र राजविराजकी २४ वर्षीय एक युवतीको छुटा्छुटै दिन सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो । 

सरदार थरकी युवतीलाई सिस्वाबेल्ही-९ का १८ वर्षीय उपेन्द्रनारायण चौधरीले शनिवार गाउँबाटै साइकलमा जर्बजस्ती लगेर सितापुर गाविसको जंगलमा बलात्कार गरेको आरोप छ । त्यहाँ चौधरीसहित चारजनाले बलात्कार गरेको पीडित युवतीले प्रहरी समक्ष बयान दिएकी छिन् । प्रहरी प्रमुख एसपी सञ्जयसिंह बस्नेतले चारजना युवाहरुको समुहले युवतीलाई तीन दिनसम्म आफ्नै नियन्त्रणमा राखेर बलात्कार गरेको जानकारी प्राप्त भएको बताए । 

राजविराजमा रहेको डेरामा तीन दिनसम्म युवतीलाई चौधरीसहितका युवकहरुले राखेको अनुसन्धानबाट खुल्न आएको एसपी बस्नेतले वताए । युवतीलाई मंगलवार मात्र उनीहरुले छाडिदिएको प्रहरीले जनाएको छ । मंगलवार घर पुगेपछि परिवारजनको सहयोगमा पीडित युवतीले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका हुन् । 

प्रहरीले उपेन्द्र चौधरी, सप्तरी जण्डोल-९ का १६ वर्षीय रोमन विश्वकर्मा र धनगढी- ९ का २४ वर्षीय धिरेन्द्र बिकलाई पक्राउ गरेको छ । घटना संलग्न रहेका सिस्वा बेल्ही-९ का १८ वर्षीय युवराज विश्वकर्मा फरार रहेको प्रहरीले जनाए । यसैबीच पक्राउ परेका तीनै जनालाई प्रहरीले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरी प्रवक्ता डीएसपी गोविन्द अधिकारीले तीनै जनामाथि जर्बजस्तीकरणी मुद्दा अन्तर्गत म्याद थप गराई अनुसन्धान भइ रहेको वताए । 

यसै गरी पुस ९ गते नै राजविराजकी २४ वर्षीय एक युवतीमाथि सामुहिक बलात्कार भएको समेत प्रहरीले जनाएको छ । यहाँस्थित शिव शंकर चलचित्रबाट आफ्ना दाजुसँग सिनेमा हेरेर घर फर्किने क्रममा ती युवतीलाई अपरिचति ब्यक्तिले मोटरसाईकलमा जवरजस्ती लगेर बलत्कार गरको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चार जनाको समुहमा रहेको युवाहरुले युवतीलाई सप्तरीको ठेलिया गाविसस्थित जंगल क्षेत्रमा लगेर सामुहिक बलात्कार गरेका हुन् । 

घटनामा संलग्न रहेको आरोपमा सप्तरी घोघनपुर-४ का ३२ वषिर्य जमिल मियालाई तीन सातापछि प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीको जाहेरबमोजिम पक्राउ परेका मियामाथि जबरजस्ती करणी मुद्दा अन्तर्गत कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको । घटना संलग्न रहेको अन्य तीन युवकको खोजी भइरहेको छ ।ekantipur:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com