८ वर्षीया बालिका बलात्कृत

धादिङ पुस २१,

रामेश्वर कार्की - धादिङको मैदीमा एक ८ वर्षीया बालिका बलात्कृत भएकी छन्। मैदी-९ छापथोक निवासी ६५ वर्षीय साने सार्कीले नातिनी पर्ने बालिकालाई बलात्कार गरेको प्रहरी नायब उपरीक्षक विकासराज खनालले बताए।

शुक्रबार बेलुका बालिकालाई ललाई फकाइ बलात्कार गरेपछि बालिका चित्कार गर्दै रोएको छिमेकीले देखेको स्थानीयले बताए। पीडित बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घटना भएको थाहा पाएपछि रातभर पीडकलाई कुरेर बसेका छिमेकीले शनिबार बिहान प्रहरीलाई खबर गरेका थिए। 

घटनास्थलमा प्रहरी पुग्दा अभियुक्त साने सार्की फरार भएकाले स्थानीयले भगाएको हुनसक्ने अनुमान प्रहरीको छ। फरार अभियुक्तको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए।नागरिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com