करोडपति उपनाम भएका महर्जन पक्राउ

ललितपुर, माघ ८ ,

सिद्धिपुर गाविस-९ सानागाउँका करोडपति उपनाम भएका नातिबाबु महर्जनसहित आठजनालाई उनकै घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग लुभूले गएराति पक्राउ गरेको छ।

स्थानीय महिला समूहको सुराकीको आधारमा लुभू प्रहरी प्रभागले उनीहरूलाई पक्राउ गरेको असई अनन्तबहादुर कार्कीले बताए । जुवाको खालबाट प्रहरीले रु ८३ हजार ८५५ र ताससमेत बरामद गरेको छ।

यसअघि पनि लुभू प्रहरी प्रभागले सानागाउँमा पटकपटक जुवा खेलाइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरी थुप्रै व्यक्तिलाई कारबाही गरिसकेको छ। पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर जाउलाखेल पठाइएको छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com